Kanakai Online

सुरुङ्गामा बिहे घरमा झडप ५ घाईते


बिहिवार, मंसिर २६, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाईमा विहेघरमा नाच्ने विषयमा विवाद भई कुटपिट हुँदा पाँच जना घाइते भएका छन् । गएराति ११ बजे कनकाई नगरपालिका–२ सुकेडाँगी बस्ने धनबहादुर लिम्बूको घरमा वैवाहिक कार्यक्रममा जन्ती आएकोमा जन्तीसँग नाच्ने क्रममा एक आपसमा झैँ–झगडा तथा कुटपिट भएको हो ।

कुटपिटबाट कनकाई–३ बस्ने वर्ष १८ का युकेश न्यौपाने ( चिउँडोमा चोट, अवस्था सामान्य), कनकाई–२ बस्ने वर्ष १८ का मनिष श्रेष्ठ ( टाउको, चिउँडो, दाहिने हातमा चोट, अवस्था सामान्य) ,कनकाई–३ बस्ने वर्ष १८ का प्रिन्स ठकुरी ( भित्री चोट, अवस्था सामान्य) , कनकाई –३ बस्ने वर्ष १८ का आदित्य चिमरिया ( टाउकोमा चोट, अवस्था मध्यम ) र कनकाई–२ बस्ने वर्ष ३४ का भीम राई ( टाउकोमा चोट) घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सुरुगांबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबर