Kanakai Online

२ लाख राशिको महिला भलिबलको उपाधि पुलिस क्लव को पोल्टामा


आइतवार, मंसिर २२, २०८२ |

कनकाई अनलाईन
झापाको अर्जुनधारामा जारी खुल्ला महिला भलिबलको उपाधि विभागिय टिम नेपाल पुलिस क्लवले हात पारेको छ ।
आज भएको फाइनल खेलमा अर्को विभागीय टोलीको सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।
पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि सगै नगद २ लाख प्राप्त गरेको हो । उपबिजयी हुने टिम एपिएफको महिला टिम भने १ लाखमै चित्त बुझायो ।
प्रतिस्पर्धात्मक बनेको फाईनल खेलमा पुलिसले पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ ले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० ले हराएको थियो ।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री हुनुभयो । उहाँले नगद १५ हजार प्राप्त गर्नुभयो । बेस्ट कोच पुलिसका रुपेश विष्ट, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतोे, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो एपिएफकी जमुना रसाइली हुनुभयो उहाँहरु सबैले जनही नगद १० हजार रुपैँया प्राप्त गर्नुभयो ।
स्थानीय लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिता अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो ।
विजेता तथा उपविजेतालाई अर्जुनधारा नगरपालिकाका प्रमुख प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा नेपालका ३ विभागिय सहित उत्कृष्ट ६ महिला टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर