
कनकाई अनलाईन
झापा सुरुङ्गा बजार स्थित सुरुङ्गा चौकमा अवस्थित संग्रौला ब्रदर्शले यस बर्षको तिज देखि छठ पर्व सम्ममा पसलबाट ५ हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत उपहार प्रदान गरेको छ ।

यस अवधिमा खरिद गर्ने हरेक ग्राहकको कुपनलाई लक्की ड्र गराई २२ जना ग्राहकलाई उपहार प्रदान गरेको हो । आजै विशेष कार्यक्रमको आयोजना गरि लक्की ड्र गरिएको हो । लक्की ड्र मार्फत कनकाई नगरपालिका ६ क्याम्पा निवासी संगिता मैनाली खतिवडाले कुलर प्राप्त गर्नुभयो । उहाँले गत चाडपर्वका वेला पसलबाट सामान खरिद गर्नुभएको थियो । उहाँले अन्य पसलहरुमा सामान किनेपछि ग्राहक र पसलेको प्राय सम्पर्क नहुने गरेको बताउँदै पुन संग्रौला ब्रदर्शले भने लक्की ड्र गराएर उपहार दिएको भन्दै खुुसी व्यक्त गर्नुभयो ।
यसैगरि लक्की ड्र मार्फत प्रदिप थपलियाले स्ट्रील दराज प्राप्त गर्नुभयो । यसैगरी चुडामणि कार्कीले ओभन, प्रल्हाद गजुरेलले स्टेन फेन प्राप्त गर्दा टिका आचार्य र उमा घिमिरेले मिक्चर प्राप्त गर्नुभयो । यसैगरि लीला मर्डिले सिलिङ्ग फेन गोपाल कार्कीले इन्ड्रोशन चुल्हो, पार्वता बस्नेतले ग्यास स्टाप प्राप्त गर्नुभयो । यता उमानाथ दाहाल र हरिकृष्ण सुब्बाले राईस कुकर यसैगरी पदम मगर, लोकेश दुलाल र कृष्ण कुमारीले हिटर प्राप्त गर्दा हरिकृष्ण सुब्बाले पुन केटल रुपा खतिवडाले हटकेश प्राप्त गर्नुभयो । यसैगरी दिनेश ठाकुर र लक्ष्मी लावतीले आइरन प्राप्त गर्दा सपना वराईली, कुमार वाग्ले, ज्ञानुराम श्रेष्ठ र गोमा भेटवालले टिसर्ट प्राप्त गनर््ुभयो । जेष्ठ ग्राहक श्याम मैनालीको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित ग्राहक र पत्रकारले लक्की ड्र तान्नुभएको थियो । संग्रौला ब्रदर्शका सञ्चालक रमेश संग्रौलाले सुरुङ्गा बजारमा संग्रौला ब्रदर्शले विगत २० बर्षदेखि सेवा सञ्चालन गरिरहेकोले आफ्ना उत्पादन र सेवा सुविधाहरु ग्राहकलाई कस्तो लागिरहेको छ आफुहरुले सुधार गर्नुपर्ने केहि कुरा छन कि भनेर निश्चित अवधिमा सामान खरिद गर्ने सबै ग्राहकसग भलाकुसारी गर्न र अनुभव साटासाट गर्न समेत आफुले लक्की ड्र मार्फत ग्राहकसग सम्बन्ध विस्तार गरिरहेको बताउँनुभयो । साथै उहाँले सहारा नेपालका सबै ग्राहकले १ लाख रुपैँया सम्मको सबै सामानहरु एक रुपैया समेत नतिरी सरल किस्ता बन्दीमा तथा अन्यले समेत केहि रकम तिरेर बाकी १ बर्षको सरल किस्ता बन्दीमा दिन सुरु गरेको समेत जानकारी दिनुभयो ।
संग्रौला ब्रदर्शले विभिन्न ब्राण्डका इलोक्ट्रोनिक्श सामानहरु र फर्निचरका सामानहरु विक्री गर्दै आइरहेको सञ्चालक रिजन संग्रौलाले बताउँनुभयो ।



