
कनकाई अनलाईन
झापाको जिल्ला स्तरीय महिला भलिबलको छात्राको मावि तर्फको उपाधि कनकाई नगरपालिका सुरुङ्गास्थित ग्लोबल एडुकेयर एकाडेमीले जितेको छ ।
कनकाई नगरपालिकाबाट प्रथम स्थान हासिल गर्दै जिल्लाको प्याब्सनमा प्रतियोगिताका लागि छनौट भएको ग्लोबलको छात्रा तर्फको भलिबल टिमले जिल्लास्तरीय प्रतियोगितामा कनकाई नगरपालिकाबाट छनौट भएको थियो । ग्लोबलको माविको छात्रा महिला भलिबल टिमले जिल्लामा समेत प्रथम स्थान हासिल गर्न सफल बनेको हो ।

कमल गाउँपालिकास्थित केर्खा खेल मैदानमा आयोजित भलिबल प्रतियोगितामा झापाका १४ पालिकाका विद्यार्थीहरु सहभागि भएको छात्रा तर्फको मावि स्तरीय प्रतियोगितामा कनकाईको ग्लोबल प्रथम स्थान हासिल गर्दा , प्रजिता अंग्रेजी मावि दोस्रो, लालिमा अंग्रेजी मावि कमल र माउण्ट एभरेष्ट गौरादहले तेस्रो स्थान हासिल गरेका थिए । यता छात्रा तर्फ समेत कनकाईकै बेनुबाजा अंग्रेजी माविले तेस्रो स्थान हासिल गर्न सफल बनेको छ । कनकाई नगरपालिकाबाट माविमा छात्रा तर्फ ग्लोबल र छात्रतर्फ ग्लोबलको टिमलाई फाईनलमा पराजित गर्दै बेनुबाजाको टिम प्रथम हुदै जिल्ला स्तरीयमा छनौट हुन सफल बनेको थियो । छात्र तर्फ मावि तर्फ इन्स्पार एकाडेमी दमक प्रथम र एभरेष्ट भ्यु दमक दोस्रो स्थान हासिल गर्न सफल बनेका हुन ।
ग्लोबलका तर्फबाट छात्राहरु साया ठकुरीको कप्तानीमा सुसिता तामाङ्ग, मनिसा पुरी, सृष्टि नेपाल, निशा पुरी, सुमिना राई, कृपा राई, चादनी लिम्बु, अनु चाम्लिङ,मौसमी गुरुङको टिम सहभागि भएको थियो । जसमा टिम कोच ललित ल्वागुन र सहायक कोच रमन मल्ल ठकुरी रहनुभएको थियो ।
ग्लोवल एकाडेमीले पछिल्लो समय शिक्षाको साथमा खेलकुदलाई समेत विधागत प्रशिक्षक राखेरै खेल प्रशिक्षणलाई अगाडि बढाउदै आएको ग्लोबल एकाडेमीका प्रिन्सिपल बिमान लामाले कनकाई अनलाईनलाई बताउँनुभयो ।



