Kanakai Online

कनकाई प्याब्सनको खेलकुद प्रतियोगिता सम्पन्न


शनिवार, मंसिर ७, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा कनकाई नगर प्याब्सनको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
कनकाईका सबै निजि विद्यालयहरुको सहभागिता रहेको यस प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्लामा सहभागिता जनाउने कनकाई नगर प्याब्सनका सचिव गोकुल उप्रेतीले बताउँनुभयो । करिब ५०० बढी विद्यार्थीहरु सहभागिता रहेको सो प्रतियोगितामा विभिन्न खेलविधाहरु फुटबल, क्रिकेट, भलिवल, कराते, कवड्डी, विभिन्न दौड प्रतियोगिता, एथलेटिक्स लगायातका खेल प्रतियोगिताहरु भएको थियो । गत कार्तिक २१ गते कनकाई नगरपालिका ९ स्थित आदर्श माविमा उदघाटन गरि आज मंसिर ६ गते शनिवार ग्लोबल एडुकेयर विद्यालय सुरुङ्गामा सम्पन्न भएको थियो ।


जसमा एथलेटिक्स तर्फ १०० मिटर दौडमा जुनियर छात्र तर्फ पशुपति अंग्रेजी मावि प्रथम , हरिकुल नमुना मावि दोस्रो र ग्लोबल एजुकेयर, दिव्यरत्न र पाथिभरा मावि तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । यसैगरि छात्रा तर्फ पारिजात एकाडेमी प्रथम, झापा मेरिगोल्ड दोस्रो र तेस्रो स्थानमा पाथिभरा एकाडेमी हुन सफल बनेका छन । यसैगरि २०० मिटर दौडमा छात्र तर्फ विद्योदय अंग्रेजी स्कुल प्रथम, झापा मेरिगोल्ड स्कुल दोस्रो र नवयुग शिक्षा निकेतन तेस्रो स्थान प्राप्त गरेका छन ।
यसैगरि छात्रा तर्फ झापा मेरिगोल्ड, दोस्रो नवयुग शिक्षा निकेतन र तेस्रो स्थानमा ग्लोबल एडुकेयर भएका छन । यसैगरि ४०० मिटर दौडको छात्र तर्फ हरिकुल नमुना प्रथम, विद्योदय दोस्रो र बेनुवाजा तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । छात्रा तर्फ भने झापा मेरिगोल्ड प्रथम, पशुपति अंग्रेजी मावि दोस्रो र विद्योदय तेस्रो स्थान प्राप्त गरेका छन ।
यसैगरि ८०० मिटर दौडमा छात्र तर्फ पशुपति अंग्रेजी मावि प्रथम, ग्लोबल एडुकेयर दोस्रो र नवयुग शिक्षा निकेतन तेस्रो स्थान प्राप्त गर्न सफल बनेका छन । यसैगरि जुनियार फुटबल तर्फ पशुपति अंग्रेजी माध्यमिक विद्यालय प्रथम , नवयुग शिक्षा निकेतन दोस्रो स्थान प्राप्त गरेका छन । यसैगरि भलिवल तर्फ छात्र तर्फ विद्योदय प्रथम र ग्लोबल एडुकेयर दोस्रो स्थान प्राप्त गर्न सफल बनेका छन । भलिबल तर्फ छात्रा तर्फ ग्लोबल एडुकेयर प्रथम र हरिकुल नमुना मावि दोस्रो स्थान प्राप्त गर्न सफल बनेका छन । यसैगरि दश जोड दुईको भलिबल तर्फ पशुपति अंग्रेजी मावि प्रथम र झापा मेरिगोल्ड दोस्रो स्थान हासिल गर्न सफल बनेका छन । छात्रा तर्फ समेत प्रथम पशुपति अंग्रेजी मावि र दोस्रो स्थान हरिकुल नमुना मावि हुन सफल बनेका छन । यसैगरि क्रिकेट तर्फ प्रथम स्थान ल्याउन सफ लबनेको थियो भने दोस्रो स्थानमा झापा मेरिगोल्ड हुन सफल बनेको छ । बिजयी तथा उपबिजयी हुनुहुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छत्रकुमार कार्की, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला सदस्य मोहन थापा , जिल्लाका सल्लाहकार अखिल कोइराला, खेलकुद समिति संयोजक रोषन केसी, सदस्य राजन कार्की , त्रिलोचन उप्रेती लगायातले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरणमा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छत्रकुमार कार्कीले प्याब्सनले आयोजन ागर्ने खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई अध्यानको अतिरिक्त अन्य धेरै फाईदा पुग्ने भन्दै खेलमा हारजित हुने हुदा उनीहरुलाई पछि गएर हार्न समेत व्यावहारिक ज्ञान प्राप्त हुने, उनीहरुको स्वास्थ्य रहन मद्धत पुग्ने र राम्रो खेलेर व्यावसायिक खेलाडी समेत बन्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्याब्सन कनकाईका कोषाध्यक्ष बिमान लामाले कार्यक्रमको स्वागत गर्नुह्ुदै कनकाई नगर प्याब्सनमा ८०० बढी विद्यार्थीहरुले विभिन्न खेल विधामा सहभागिता जनाएको बताउँनुभयो । कार्यक्रमको सञ्चालन प्याब्सन कनकाईका सचिव गोकुल उप्रेतीले गर्नुभएको थियो ।

सम्बन्धित खबर