
कनकाई अनलाईन
देशकै ठुलो पुरस्कार राशी दावी गरिएको प्रथम झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लव फाईनलमा प्रवेकश गरेको छ ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकपको शुक्रवार आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा पुलिसले संकटा फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमले बराबरी प्रतिस्पर्धात्म खेल देखिएपनि गोलको खाता भने खेलको दोस्रो हाफको अन्तरित मात्रै सम्भव भएको हो ।
खेलको ७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । पुलिसकी मिना देउवाले गोल गर्दै टिमलाई अग्रता बनाउनुभयो । पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले हेड मार्फत गोल गर्नुभयो । त्यस लग्गत्तै खेलको ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै प्रतियोगितामा दोस्रो गोल गर्दै टिमलाई जितको सुनिश्चित गर्नुभयो । रेखानै खेलको प्लेयर अफ द म्याच हुदै नगद १५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
पुलिसले अब उपाधिका लागि फाइनलमा शनिवार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ
फोटो ः प्रतिस्पर्धा गर्दै नेपाल पुलिस क्लव रातो जर्सी र संकटा क्लव हरियो जर्सीमा


