Kanakai Online

प्रहरीको लुटिएको हतियार फेला


बिहिवार, कार्तिक २१, २०८२ |

कनकाई अनलाईन
झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट लुटिएको मध्ये एक थान इन्सास हतियार फेला परेको छ ।
बुधवार दिउसो ४, ४५ बजेको समयमा झापा बिर्तामोड नगरपालिका ६ स्थित सुगम शान्ति टोलको तोरीवावारी नजिक रहेको तरुलको झाँडीमा वेवारिसे अवस्थामा फ्याकिएको ०३११००८७२ नम्बरको इन्सास हतियार, म्याग्जिन १ थान, सोही हतियारको १९ राउण्ड साबुत गोली र २ असाबुत गोली समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त हतियार बरामद गरि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकबाट लुटिएको समेत प्रहरीले जनाएको छ ।
हालसम्म दुबै इलाकाबाट २२ नाल विभिन्न प्रकारका हतियार हराइरहेको समेत प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर