Kanakai Online

विमलाको ह्याट्रिक, त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा


बिहिवार, कार्तिक २१, २०८२ |

कनकाई अनलाईन
प्रथम झापा महिला गोल्डकप अन्तर्गत बिहिवार आज सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको सुरुवाती १६ औँ मिनेटमा विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभयो ।
३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गर्दे अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्याउनुभयो । ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्याउदै ब्याक्तिगत दोस्रो गोल पूरा गर्नुभयो । खेलको ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाउनुभयो । खेलको इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आर्मीलाई ६–० को सहज जित दिलाउनुभो । भने उहाँले आफ्नो व्याक्तिगत ह्याट्रिक पूरा गर्नुभयो ।
आर्मीका लागि विमला चौधरीले ह्याट्रिक, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान एक–एक गोल गर्नुभयो ।
खेलको प्लेयर अफ द म्याच खेलको ह्याट्रिककर्ता विमला चौधरी हुदै नगद १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
आजको खेलसगै झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने छ ।
तस्वीर ः आर्मी रातो जर्सी तथा पोखरा सेतो जर्सीमा प्रतिस्पर्धा गर्दै र प्लेयर अफ द म्याचको पुरस्कार लिनुहुदै बिमला चौधरी

सम्बन्धित खबर