
कनकाई अनलाईन
झापाको शिवसताक्षी दुधेमा जारी झापा महिला गोल्डकपमा घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गर्दै संकटा फुटबल क्लब काठमाडौँ सेमिफाईलमा प्रवेश पाएको छ ।
खेलको २३ औ मिनेटमा संकटाकी सेनु परियारले गोल गर्दै अग्रता बनाउनुभएको थियो । यसैगरि पहिलो हाफको इन्जुरी समयमा संकटाकै समिक्षा मगरले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफमा समेत संकटा गोल गर्नबाट रोकिएन खेलको ५५ औँ मिनेटमा छिरिङ वांग्देनले थप गोल गर्नुभयो । खेलको ६१ र ८३ औ मिनेटमा पूर्णिमा राईले र ८३ मिनेटमा लगातार गोल गरिन ।
नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको सहज ६–० को जित पक्का गर्नुभयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच हुदै नगद १५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले राम्रो तयारी हुन नसक्दा ठुलो अन्तरको हार व्यहोरेको बताउँनुभयो । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले आफ्नो टीमले आशा गरेअनुुसारको खेल खेलेको बताउँनुभयो ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।


