Kanakai Online

प्रथम झापा महिला गोल्डकप चर्च ब्वाईजको गोलपोस्टमा पुलिसको ८ गोल


सोमवार, कार्तिक १८, २०८२ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका दुधेमा आजबाट प्रथम झापा महिला गोल्डकप सुरु भएको छ ।
सोमवार आज भएको उद्घाट खेलमा नेपाल पुलिस क्लबलले ८–० गोल अन्तरले चर्च ब्वाईज युनाइटेड क्लवलाई हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले एकतर्फि खेल प्रस्तुत गर्दै देशकै ठुलो धनराशी दावी गरिएको महिला गोल्डकपको शानदार जित दर्ता गरेको छ । आजको जितमा पुलिसकी मिना देउजाले एक्लै ५ गोल गर्नुभयो भने बाकी ३ गोल रेखा पौडेलले गर्नुभयो । यो जितसगै पुलिस क्लव खेलको सेमिफाईनलमा समेत प्रवेश पाएको छ ।

रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्नुभयो । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गर्नुभयो ।
आजको खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउजा हुदै नगद १५ हजार प्राप्त गर्नुभयो । उहाँलाई शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले नगद प्रदान गर्नुभयो ।
भोलिको दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोस थोप्राले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खबर