कनकाई अनलाईन
झापाको गौरीगंजको खजुरगाछी बजारमा भएको आगलागीबाट १ करोड २० लाख बराबरको क्षति भएको छ ।
चन्द्रप्रसाद नायकको नाममा रहेको राहुल खुद्रा किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख, उनकी श्रीमती मिनुदेवी नायकको नाममा रहेको लक्ष्मी भाडा पसल पूर्ण रुपमा जल्दा २० लाख र राजेन्द्र ढकालको घर र घरभित्र रहेका सुन, चाँदी , नगद ,लत्ताकपडा ,भाँडाबर्तन गरी ७० लाख गरी जम्मा १ करोड २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहिवारराती १० बजे गौरीगंज गाउँपालिका ६ खजुरगाछी बजार बस्ने नायकको होलसेल किराना पसलबाट विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट नायकको पसलसंगै नजिकै रहेको राजेन्द्र ढकालको इटाको गारो र टिनको छाना भएको २ तले आठकोठे घर पनि जलेर नष्ट भएको हो ।आगलागीबाट त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको छ । आगलागिको इलाका प्रहरी कार्यालय गौरीगञ्ज, प्रस्तावित सशस्त्र प्रहरी सिमा सुरक्षा वल, गौरादह तथा शिवसताक्षी नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।


