Kanakai Online

झापा सदरमुकाम खानेपानीमा कांग्रेस एमाले गठबन्धनलाई रास्वपाको झड्का


बुधवार, कार्तिक १३, २०८२ |

कनकाई अनलाईन
झापाको सदरमुकाममा रहेको यहाँको चन्द्रगढी– ९ स्थित चन्द्रगढीे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले पुर्व सक्ता साझेदार कांग्रेस एमालेको प्यानललाई पराजित गर्दै नयाँ संकेत दिएको छ ।
दुई दशकभन्दा लामो समयदेखि स्थापित रहेको नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनको राजनीतिक विरासतलाई पूर्ण रूपमा ध्वस्त रास्वपाले बनाएको छ । रास्वपाले सभापतिसहित दुई तिहाइ बहुमत पदमा कार्तिक ११ गते घोषित नजिता अनुसार प्यानलै विजयी भएको हो ।
उक्त निर्वाचनमा एमाले– काँग्रेस गठबन्धनको एक प्यानल रहेको थियो भने रास्वपा र राप्रपा एक्लाएक्लै प्यानलबाट निर्वाचन लडेका थिए । झापा नेकपा एमालेका पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंङदेनको समेत गृह जिल्ला हो ।
संस्थानको निर्वाचन परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद तिवारी १९७ मत अन्तरले ४२३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जसमा एमाले कांग्रेस गठबन्धनका उम्मेदवार बद्रीप्रसाद उप्रेतीले २२६ मा मात्र पाउनु भयो भने राप्रपाका खड्गबहादुर ठकुरीले अध्यक्ष पदमा १०२ मत मात्र प्राप्त गर्नुभयो ।
मुख्य पदाधिकारीमा रास्वपाको पूर्ण वर्चस्व राखेको छ । उपसभापतिमा रास्वपाकै घनश्याम अधिकारीले ३३६ मत प्राप्त गरी विजयी हुुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी गठन्धनका चिरञ्जिवी भट्टराईले २१० मत र राप्रपाका दिननाथ उप्रेतीले १९० मत पाउनु भएको छ ।
सचिव पदमा भने गठबन्धनका सन्तोषकुमार खड्का राजुले ३२४ मत पाई विजयी हुनु भएको छ । सो पदमा रास्वपाका प्रत्यासी खेमकुमार लुइटेलले २९३ मत पाउनु भयो भने राप्रपाका दुर्गादेवी खनालले १०५ मत पाउनु भएको छ ।
सह–सचिव पदमा रास्वपाका बिमला पौडेल दाहालले ४१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । एमाले कांग्रेस गठबन्धनका बलनन्द न्यौपानेले २२७ मत र राप्रपाका राजेशसिंह राजवंशीले ६५ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष पदमा रास्वपाकी कल्पना पौडेल २७१ मतसहित विजयी हुनुभएको छ । यसैगरी कोषाध्यमा गठबन्धनका उम्मेदवार खेमकुमारी अधिकारी गौतमले २५३ मत पाउनु भयो भने राप्रपाका हर्कमाया कार्कीले १६३ मत पाउनु भयो ।
यसैगरी सदस्यहरूमा रास्वपाका टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी हुनु भएको छ भने गठबन्धनका सुरेश घिमिरे र अग्नीप्रसाद विमली विजयी हुनु भएको छ ।
समितिको कुल सदस्य संख्या ११ जनामा सचिवबाहेक पदाधिकारी र ४ सदस्य गरी ८ पदमा ऐतिहासिक विजयी हुनुभएको हो ।
खानेपानीको यस निर्वाचनमा कुल ८९५ मतदाता रहेकोमा ७८९ मत खसेको थियो ।
सार्वजनिक संस्थाको निर्वाचनले जनताको परिवर्तन प्रतिको चाहनालाई आत्मसाथ गरेको रास्वपाका भद्रपुर नगर सभापति प्रेम न्यौपानेले कनकाई अनलाईनलाई बताउँनुभयो ।

सम्बन्धित खबर