कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ७ लालपानीमा एक वालकको सर्पले टोकेर मृत्यु भएको छ ।
स्थानीय मनबहादुर तामाङका ५ बर्षिय छोरा सक्षमको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो । शुक्रवार दिउसो ३ बजेतिर घर नजिकैको बाँस झ्याङमा खेल्दै गर्दा तामाङलाई खुट्टामा सर्पले टोकेको थियो । तर उनी विरामी भएपछि आफ्ना बाबा आमाले अन्य केहि विरामी परेको भनेर सुरुमा धामी समेत लगाईएको बुझिएको छ । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको थियो । त्यसवेला घरमा सर्प समेत फेला पारिएपछि उनीलाई सर्पले टोकेको थाहा पाएर उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआलीमा लगिएको हो । त्यहाँबाट थप सपचारका लागि विएण्डसी अस्पताल विर्तामोडमा रेफर गरिएकोमा उपचारका क्रममा त्यहि राती निधन भएको हो । यसवारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


