Kanakai Online

कोटीहोममा खुकुरी हान्ने पुजारी पक्राउ


बिहिवार, कार्तिक ७, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ कोटीहवन क्षेत्रमा विवाद भई खुकुरी प्रहार गर्ने एक पुजारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज साँझ ७ बजेतिर कनकाई माईनदिमा पुजा गर्ने काम गर्दै आएका स्थानीय ५२ बर्षिय रुद्रप्रसाद दाहालले सोही ठाउँमा बस्ने ८६ बर्षिय बृद्ध भागवत कुईकेललाई खुकुरी प्रहार गरेर घाईते बनाएका हुन । स्थानीयका अनुसार उनीहरु विचमा सिमानाको रुख कसको हो भन्ने विषमा विवाद भई झगडा बढेर खुकुरी हानाहानमा पुगेको हो । झगडामा परी दुबै जना घाईते भएको भएपनि खुकुरी प्रहारबाट कुईकेल भने सख्त घाईते भएका छन । उनको हाल कनकाई नगरअस्पतालमा उपचार भइरहेको छ । अर्का पुजारी दाहाललको भने गाला काटिएको तर अवस्था सामान्य रहेको छ । उनीलाई हाल प्रहरी कार्यालमा राखिएको छ । घटनावारेमा सबै जानकारी जिल्ला प्रहरीमा गराईसकिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
रुद्रप्रसाद दाहाल ५२ दाहिने गालामा
कनकाई अस्पताल भागवत ८६

सम्बन्धित खबर