Kanakai Online

चौधरीको बाँस प्रहारबाट राजवंशी ठ,हरै


बिहिवार, कार्तिक ७, २०८२ |

कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका ५ मा गएराति कुटपिटबाट एक यु्वकको ज्यान गएको छ ।
बिर्तामोड नगरपालिका ५ बस्ने ३० बर्षिय जगन राजवंशीको टाउकोमा बाँसले प्रहार गर्दा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । गएराती बुधवार साँझ साढे ६ बजेको समयमा विवाद भई झगडा हुदा उनलाई बर्ष २६ का हेमकुमार चौधरीले टाउकोमा बाँसले प्रहार गरि गम्भिर घाईते बनाएका थिए । घाईतेलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । बाँस प्रहार गर्ने चौधरीलाई लुकिबसेको अवस्थामा झापा शिवसताक्षी नगरपालिका ७ ब्याङडाँडाबाट लुकिबसेको अवस्थामा विहान २ः १५ बजेको समयमा नियन्त्रणमा लिएको छ । पक्राउ परेको चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडले राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर