
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ प्रजापतिस्थित प्रजापति सामुदायिक वन समुहको खेल मैदानमा आयोजित प्रथम लियो क्लव वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाको ३ नम्बर वार्डले जितेको छ ।
आज आयोजित फाईनल खेलमा ३ नम्बरले अर्को चिरप्रतिद्धन्द्धी टिम कनकाई ८ लाई ३÷२ गोल अन्तरले हराउदै उपाधि रक्षा गरेको हो ।
कनकाई ३ ले उपाधिसगै नगद २५ हजार ११५ रुपैँया हात पारेको छ । यसैगरि उपबिजयी हुने टिम कनकाई ८ ले नगदी १५ हजार ११५ मा चित्त बुझायो ।
यसैगरि विधागतर्फका सबै उपाधि समेत खेलमा कनकाई ३ ले हात पार्ने क्रममा प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी आदित्य बानिया, हाई स्कोर क्षितिज कुँबर ४ गोल र उत्कृष्ट गोल किपर कनकाई ३ कै विवेक वाग्ले बने उनीहरु सबैले नगद र ट्रफि प्राप्त गरे ।
लियो क्लव अफ कनकाई दुर्गापुरको आयोजनामा यहाँस्थित ५ दिनसम्म चलेको उक्त प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वार्डको सहभागिता रहेको थियो । भने उक्त प्रतियोगितालाई कनकाई नगर पालिकाले प्रायोजन गरेको थियो ।
प्रतियोगितामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, लायन्स क्लवका ड्रिष्टिक फस्ट भाईस पेसिडेन्ट लायन लीलाप्रसाद चिमरिया लगायातको आतिथ्यता रहेको थियो ।



