Kanakai Online

सुकेडागी सामुदायिक वनको ३०औँ साधारण सभा


बिहिवार, असोज ३०, २०८२ |

झापाको कन्काई नगरपालिका २ सुकेडागीमा रहेको सुकेडागी सामुदायिक वन उपभोक्ता समितिको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको प्राङ्गणमा असोज ३० गते बिहिबारका दिन कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष बलराम रिसालले नीति तथा कार्यक्रम सहितको संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रिसालले संस्थाको आर्थिक वर्षको वार्षिक बजेट अनुमानित १ करोड १ लाख ३४ हजार ४२७ रहने जानकारी गराउनुभएको छ ।

उक्त बजेट वन विकास संरक्षण तथा व्यवस्थापन, गरिबी न्यूनीकरण, महिला सशक्तिकरण , उद्यमशील विकास , सामाजिक विकास , प्रशासनिक खर्च , विविध र बैंक मौजात गरी विनियोजन गरिएको पनि अध्यक्ष रिसालको प्रतिवेदनमा उल्लेख छ ।
तेस्तै कार्यक्रमको बन्द सत्रमा कोषाध्यक्ष सरस्वता तामाङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रले अध्यक्ष रिसाल र कोषाध्यक्ष तामाङले प्रस्तुत गर्नुभएको दुवै प्रतिवेदन माथि व्यापक छलफल गर्दै र निर्णय गर्दै पारित समेत गरेको छ ।

कार्यक्रममा सामुदायिक वनको ३० वटै टोलबाट एकएक जना गरी ३० जना जेष्ठ नागरिक र जानकी विद्यालयका उत्कृष्ट विद्यार्थीहरू समीक्षा हेमरम, रोशनी मुर्मु र जानकी पराजुली लाई नगद सहित सम्मान गरिएको थियो । उत्कृष्ट गस्ती टोलीको रूपमा क्रमश टोल नम्बर ११ , टोल नम्बर १० र टोल नम्बर २३ लाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट कर्मचारी वन घेरालु पदम निरौला , त्यस्तै कनकाई सबडिभिजन कार्यालयका तेस्रो तह खगेन्द्र निरौला र सुकेडरी सामुदायिक वनका पूर्व सदस्य मोहन ढुंगेललाई समेत वनले सम्मान गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताव राई, कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र पौडेल , सामुदायिक वन प्रदेश महासङ्घका अध्यक्ष तुलसी संग्रौला , जामुनखाडी सामुदायिक वनका अध्यक्ष परशुराम गिरी , सुकेडागी सामुदायिक वनका संस्थापक अध्यक्ष तोयानाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा ओम कडेलको नेतृत्वमा रहेको कनकाई लोककला संस्कृतिसमुहका ओम कडेँल लगायातका कलाकारहरूले राष्ट्रिय धुन प्रस्तुत गर्नुभएको थियो ।

स्थानीय तहका जनप्रतिनिधि , विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि , वनसँग आबद्ध विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि , सामाजिक व्यक्तित्व , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , वनका सल्लाहकार, अनुगमन समिति , आन्तरिक लेखा समितिका पदाधिकारी लगायतको आतिथ्यता रहेको कार्यक्रममा सामुदायिक वनका उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सुकेडागी सामुदायिक वनका अध्यक्ष बलराम रिसालको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई वनको उपाध्यक्ष शारदा राईले स्वागत गर्नुभएको थियो भने सचिव नरकुमार गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खबर