
कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ कोटीहवनस्थित कनकाई पुलको पुर्वतर्फ एक व्याक्ति मृत फेला परेका छन ।
नाम थर नखुलेका अन्दाजी ६० बर्षका मंगोलियन फेस भएका दौरा सुरुवाल लगाएका एक व्यक्ति कनकाई माई पुलको छेउमा मृत फेला परेको देखेपछि बाटो हिडनेले प्रहरीलाई खबर गरेका थिए । अहिले मृत व्याक्तिको आवश्यक मुचुल्का तयार पार्ने काम प्रहरीले गरिरहेको छ । उनीलाई बिहान ९ बजेतिर कनकाई पुलतर्फ आउदै गरेको देखेको र यसअघि कहिल्यै पनि उक्त व्याक्तिलाई आफुहरुले नदेखेको समेत स्थानीयले बताएका छन । शनिवार करिव साढे ५ बजेतिर ती व्यक्तिलाई मृत अवस्थामा फेला पारिएको थियो । उनको वारेमा नाम थर खुलेसगै अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
कनकाई अनलाईनका लागि लीलाराज झापाली र गोपाल पोखरेलको यो रिर्पोट


