कनकाई अनलाईन
गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विस्तापित इलाका प्रहरी कार्यालय सुरुङ्गा सञ्चालनका लागि एकका लागि एक अभियानका तर्फबाट २ लाख नगद बराबरको जिन्सी सामाग्री प्रदान गरिएको छ ।
अभियानका तर्फबाट आज विशेष कार्यक्रमको आयोजना गरी अभियानका अभियानकर्मी नविन गट्टानी, लीलाप्रसाद चिमरिया, सुबास भट्टराई, एकराज गिरी, शिव कडेँल लगायातले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख सुबास ढुगांनालाई विभिन्न अत्यावश्यीय सामाग्रीहरु प्रदान गरिएको हो । एकका लागि एक अभियानले आज २ सेट कम्युटर, स्टील दराज १ थान, काठको दराज १ थान, २ थान पलङ, हाते माईक, टच लाईट, र्याक, १६ थान झुल, १० थान ओढ्ने ब्ल्याङकेट, जस्तापाता लगायातको २ लाख बराबरको सामाग्रीहरु रहेका छन । गत कोभिड संकटका वेला यस क्षेत्रका सामाजिक अभियान्ता महेन्द्रप्रसाद गिरीको नेतृत्वमा एक परिवारले एक परिवारलाई खाद्यान्न सहयोग गर्ने उद्धेश्यले स्थापना भएको एकका लागि एक अभियानले त्यसवेला १० करोड बराबरको रकम संकलन गरेको थियो । जसबाट बचत १ करोड रुपैँया कोषमा राखिएको र त्यसको ब्याजबाट प्राप्त रकम मध्ये १० लाख रुपैँया रकमले इलाका प्रहरी कार्यालय बिर्तामोड, सुरुङ्गा र दमकलाई सहयोग गरिएको अभियानकर्मी तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउँनुभयो । अभियानकर्मीको यस सहयोगबाट आफुहरुलाई नागरिकको सुरक्षामा खटिन मद्धत मिलेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख सुबास ढुगांनाले बताउँनुभयो । यता हिजै एक विशेष कार्यक्रमका विच विस्तापित भएर अन्यत्र गएका प्रहरीलाई कनकाई उद्योग वाणिज्य संघले विशेष कार्यक्रमको आयोजना गर्दै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सबै प्रहरीलाई खादा अबिर लगाएर स्वागत गर्नुभएको थियो । ध्वस्त भएको प्रहरीलाई पुर्नस्थापित गर्नका लागि उद्योग बाणिज्य संघ कनकाईको समन्वयमा कार्यहरु भइरहेको कनकाई उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष जनक कार्कीले बताउँनुभयो ।


