Kanakai Online

घर जलेका नेताहरु लाखापाखा लागे, कुकुरहरुले घर कुरिरहे


बिहिवार, भदौ २६, २०८२ |

कनकाई अनलाईन
कुकुरलाई सबैभन्दा इमान्दार र बफादार प्राणी मानिन्छ । स्वामीभक्त भनेर पनि चिनिने कुकुरले सँधै मालिकको रक्षा गर्छ । जस्तोसुकै परिस्थिति बने पनि कुकुरले कहिल्यै मालिक र बासस्थानको सुरक्षा गर्न छोड्दैन । र,त्यो कुरा पुनः पुष्टि भएको छ ।

जेन–जी पुस्ताको आन्दोलनमा नेता, व्यापारीहरुको घरमा तोडफोड र आगजनी गरिएको छ । राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोट,झापा र तेह्रथुमको घर जलाइएको छ । त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित भवन पनि तोडफोड र आगजनी भएको छ । अन्य धेरै नेताको घर जलेको छ ।

आन्दोलनकारीको आक्रमणपछि नेताहरु घर छोडेर भागे पनि कुकुर घरको सुरक्षा गरेर बसिरहेको छ । जलेको,तोडफोड भएको घरमा भोकभोकै मालिक कुरिरहेको तस्विरहरु हृदयविदारक छ । एक जना भन्छन्,‘मान्छेहरु भागिहाले । तर,जनावर घर कुरेरै बसिरहेका छन् । मानवभन्दा बढी मानवता त यी पशुहरुमा रहेछ ।’

सम्बन्धित खबर