कनकाई अनलाईन
झापाको बिर्तामोड २ मा रहेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ ।
शुक्रवार हिजो दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड वडा न.३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड वडा न.१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका संचालक हुन् ।
शुक्रवार राति ८ बजे स्वीमिङ पुल संचालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक प्रसाई निर्माण व्यावसायी भएको बुझिएको छ ।


