Kanakai Online

दोमुखा धार्मिक–पर्यटकीयको अध्यक्षमा त्रिपक्षीय भिडन्त


सोमवार, भदौ ९, २०८२ |

सरोज भट्टराई
शिवसताक्षी, ९ भदौ ।
झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भदौ १४ गते हुने निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै विभिन्न पदमा बहु–उम्मेदवार मैदानमा उत्रिएका छन् ।

अध्यक्षका लागि प्रारम्भमा चार उम्मेदवार रहेका भए पनि धनप्रसाद लावतीले उम्मेद्वारी फिर्ता लिएपछि अब किरण ओली, मनबहादुर मगर (मणि) र मोहनबहादुर कार्की बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । ओली होटल व्यवसायी हुन् । त्यस्तै मगर किसान महासंघमा लामो समय काम गरेका व्यक्ति हुन् भने कार्की कुखुरा पालक व्यवसयी हुन् ।

उपाध्यक्ष पदमा ठाकुरप्रसाद ढकाल (केशव) र प्रेमध्वज जवेगुबीच प्रतिस्पर्धा हुने भएको छ । द्वितीय उपाध्यक्ष पदमा दुई उम्मेद्वार रहेका छन् । जसमा इनद्रप्रसाद न्यौपाने र कृष्णबहादुर बस्नेत छन् ।

त्यसैगरी, सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सह–सचिवमा अग्निप्रसाद राई र देवीबहादुर चेम्जोङ, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयलको बीच प्रतिस्पर्धा हुनेछ ।

खुल्ला सदस्य ५ जनाका लागि ११ जना बीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा, प्रेमप्रसाद फुयेल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ, हरेराम शाह, प्रेमनाथ जोगी छन् ।

त्यस्तै, गरी ४ महिला सदस्यहरु लागि राममाया सम्सुहाङ (हिना), सविना लिम्बु खेवा), सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बु, सिर्जना लिम्बु, उर्मिला सार्की बीच चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर