Kanakai Online

सुरुङ्गामा करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु


शनिवार, भदौ ७, २०८२ |

कनकाई अनलाईन
झापा । झापाको कनकाई नगरपालिका–१ खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
श्निवार आज विहान करिब ८ः३० बजेतिर सोही स्थानका ३७ वर्षीय पंकज माझीले बिजुलीको पोलमा तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।
यता झापाको कमल गाउँपालिका ३ केराधापमा मोटरसाइकलको ठक्करबाट ८८ वर्षका एक वृद्धको ज्यान गएको छ । प्रदेश १–०१ –०१६ ५१०५ नम्बरको मोटरसाइकल को ठक्करबाट घाईते भएका सो ठाउँका ८८ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको हो ।
घाईतेलाई शुक्रबार ७.१५ बजे मोटरसाइकलले ठक्कर दिएकोमा उपचारका क्रममा राती ११.३० बजे बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर