कनकाई अनलाईन
घरको ग्यास लिक भएर आगलागिमा परेर जलेर घाईते हुनुभएकी झापा कनकाई नगरपालिका ३ की ८२ बर्षिय बाटुलीमाया दाहालको बिहिवार विहान निधन भएको छ ।
दाहाल गत साउन २२ गते बिहिवारका दिन विहान साढे ६ बजेतिर उहाँको कनकाई ३ स्थित डेराको घरमा ग्यास लिक भएर आगलागिमा परी सख्त घाईते हुनुभएको थियो । दाहाललाई उपचारका लागि स्थानीय कनकाई नगर अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर हुदै विएण्डसी अस्पताल विर्तामोड, काठमाण्डौका विभिन्न अस्पतालमा उपचार गराई उहाँलाई झापा विर्तामोडस्थित छोराको घरमा ल्याईएको थियो । उहाँको टाउको शरिरमा जलेर चोट लागेको थियो । बिहिवार आज विहान १० बजे दाहालको निधन भएको हो ।दुई छोरा २ छोरी भएपनि बाटुलीमाया दाहाल भने कनकाई नगरपालिका ३ सुरुङ्गा बजारस्थित धु्रब श्रेष्ठको घरमा डेरामा एक्लै बस्दै आउनुभएको थियो ।
यता जलेरै मानिसको मृत्यु भएपछि कनकाई नगरपालिकामा दमकल राख्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ ।


