काठमाडौँ, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो।
सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउन मसान्तसम्ममा कर राजस्वबाट रु ८० अर्ब ६७ करोड संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६.०९ प्रतिशत हो। गैरकर राजस्वबाट रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६ प्रतिशत), वैदेशिक अनुदानबाट रु ४२ करोड १९ लाख, र अन्य स्रोतबाट रु ३० करोड ८९ लाख आम्दानी भएको छ।
चालु आवका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ। साउन मसान्तसम्ममा रु ४६ अर्ब ३० करोड ६१ लाख खर्च भएको छ।
चालु खर्च: रु १८ अर्ब ४७ करोड ९८ लाख (१.५६ प्रतिशत)
पुँजीगत खर्च: रु ७२ करोड ६३ लाख (०.१८ प्रतिशत)
वित्तीय व्यवस्था शीर्षकमा खर्च: रु २७ अर्ब १० करोड (७.२२ प्रतिशत)


