कनकाई, ३१ साउन । भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल नजिक साउन ३१ गते दिउँसो १२ः४५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारी साधन जाँच गर्दा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका–२ निवासी २४ वर्षीय रामहरी सिलवाल र सोही ठाउँका २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । उनीहरूको साथबाट २८ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


