कनकाई, ३१ साउन । आगामी भदौ ३ गते झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको साधारणसभा हुने भएको छ ।
दोमुखा पर्यटकीयस्थललमा भदौ ३ गते संस्थाको १५ औं वार्षिक साधारण सभा र ७ औं अधिवेशन हुन लागेको संस्थाका सचिव धनप्रसाद ढकालले जानकारी दिनुभयो । साधारणसभामा उपस्थितिका लागि संस्थाका आजीवन सदस्यहरुलाई पत्राचार भइसकेको बताउनुभयो ।



