
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा यहाँस्थित संस्थागत विद्यालयहरुको संस्था प्याब्सन र एन प्याब्सन दुबैले सरकारको ध्यानकर्षण गराएका छन ।

उनीहरुले आजै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल तथा कनकाई नगर शिक्षा साखाका प्रमुख राजकुमार ओडारी मार्फत सरकारलाई ध्यानकर्णपत्र बुझाउदै सरकारले ल्याउन लागेको भनिएको प्रस्ताविक शिक्षा विधेयकमा आफ्ना असहमतिका केहि बुदा राखेर सरकारको ध्यानआकर्षण गराएको हो ।

प्याब्सन कनकाईका अध्यक्ष विनोद उप्रेती र एनप्याब्सन कनकाईका संयोजक अशोक न्यौपाने लगायातको टोलीले आफ्ना सरकार समक्षका फरकमत सहितको ज्ञापनपत्र बुझाएको हो । टोलीले बुझाएको संयुक्त ज्ञापनपत्रमा नेपालको शिक्षा विकासमा निजि क्षेत्रको ठुलो योगदार रहेको स्मरण गराउँदै सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा सरकारले निजि शैक्षिक क्षेत्रलाई नियमन गर्नुको साटो नियन्त्रण गर्न लागेको भन्दै विरोध जनाएको छ । प्याब्सन तथा एन प्याब्सनले बुझाएको ज्ञापनपत्रमा तत्काल निजि विद्यालयहरुलाई क्रमश गैह नाफामूलक बनाईनेछ भन्ने वाक्यशं हटाउनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तता दिइनु पर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने रहेको छ ।
ज्ञापनपत्रमा नगरप्रमुखले आवश्यक पहल गरी कानुन निमार्णको यस समयमा निजि विद्यालयमाथि हुने चरम विभेद रोकिदिन सबै सरोकारवाला पक्ष समक्ष आग्रह समेत गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफुले यस ज्ञापनपत्रलाई चाडै माथिल्लो निकाय सरकारमा बुझाउने भन्दै सरकार र निजि विद्यालय दुबै पक्षलाई मर्का नपर्नेगरि कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । हामीले कसैलाई पनि मर्का पार्नुहुदैन दुबै पक्षको जित हुनेगरि मध्यमार्गी बाटो अवलम्बन हुनु आवश्यक छ नगरप्रमुख पोखरेलले भन्नुभयो ।
ज्ञापनपत्र बुझ्दै कनकाई नगरपालिकाका शिक्षा साखा प्रमुख राजकुमार ओडारीले कतिपय अवस्थामा सरकार र निजि विद्यालयका सञ्चालकहरुमा नियम कानुनवारे सत्यतथ्य जानकारी हुन बाकी रहेको बताउँदै कतिपय नियमहरु समयमै निर्माण नगरिदा समस्या हुने गरेको बताउँनुभयो ।
ज्ञापन पत्र प्याब्सनका पुर्व केन्द्रिय सदस्य एलपी उप्रेती, ब्याब्सन प्रदेश सदस्य भानु राजवंशी, प्याब्सन जिल्ला सहसचिव विनोद सुब्बा, एन प्याब्सन जिल्ला उपाध्यक्ष ओमविक्रम नेम्बाङ, कनकाई नगर संयोजक अशोक न्यौपाने, प्याब्सन जिल्ला सल्लाहकार अखिल कोइराला लगायातको सहभागिता रहेको थियो । सोही अवशरमा प्याब्सन कनकाईका अन्य नगरपालिका सम्बन्धि शिक्षा समितिमा सहभागिता लगायातका कर लगायातका विषयमा समेत कार्यक्रममा गहन छलफल भएको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन कनकाईका सचिव गोकुल उप्रेतीले गर्नुभएको थियो भने कनकाई नगर प्याब्सनका कोषाध्यक्ष बिगम लामा, रोषन खत्री, गोपाल संग्रौला लगायातको सहभागिता रहेको थियो ।


