Kanakai Online

बिर्तामोडमा यस बर्ष भव्य गाईजात्रा उत्सव हुने


बिहिवार, साउन १६, २०८२ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा यस बर्ष भव्य रुपमा गाईजात्रा उत्सव हुने भएको छ ।


नेवा देय दबू झापा जिल्ला समितिको आयोजनामा हुन लागेको गाईजात्रा उत्सव यहि साउन २४ गते बिर्तामोडको सिटी सेन्टरमा हुने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिले जनाएको छ ।
हरेक बर्ष आयोजना गरिने उद्धेश्यका साथ गरिने यस गाईजात्रा उत्सव तथा व्यङ्गात्मक साहित्यीक प्रस्तुतिमा देशका उत्कृष्ट हास्यब्याङ्ग साहित्यकारहरुको प्रस्तुती रहनुको साथै प्रतिस्पर्धात्मक लाखे नाच प्रतियोगिता हुने पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक समेत रहनुभएका कोशी प्रदेशका पुर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला भर र प्रदेशभरका कवि कवियत्रीहरुको प्रस्तुति रहनुका साथै प्रदेशभरका लाखे जात्राको प्रतिस्पर्धात्मक नाच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विहानैदेखि हुने प्रतियोगितामा लाखे नाचले बिर्तामोड नगरपरिक्रमा समेत गर्ने छ ।
प्रचार प्रसार समितिका संयोजक ओमप्रसाद श्रेष्ठका अनुसार गाईजात्रा उत्सवको सम्पुर्ण तयारी पूरा गरिसकिएको छ । प्रतियोगितामा लाखे नाचतर्फ उत्कृष्ट हुने टोलीहरु प्रथम, दोस्रो र तेस्रो टीम र सहभागि सबै टिमलाई नगद पुरस्कारको व्यावस्था रहेको छ । पत्रकार सम्मेलनमा नेवा देव दबुका झापा जिल्ला इन्चार्ज भरतकुमार श्रेष्ठले लाखे नाचको ऐतिहासिक महत्वका वारेमा प्रकाश पार्दै परम्पराको जर्गेना र नयाँ पुस्तामा परम्पराको निरन्तताका लागि गाईजात्रा उत्सवले मद्धत गर्ने बताउँनुभयो । कार्यक्रम लक्ष्मण ज्वयल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा नेवा देय देबूका जिल्ला अध्यक्ष यामकुमार श्रेष्ठ, केन्द्रिय सचिव दिनेश शाक्य, केन्द्रिय पार्षद गणेशकुमार शाक्य लगायातको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर