
कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ११ दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।
आयोजक झापा महिला गोल्डकपले बिहिवार आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारीको वारेमा जानकारी गराएको हो ।
शिवसताक्षी नगरपालिकाद्धारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिम सहित नेपालका विभागिय ३ टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरीको टिम छिमेकी मुलुक भारत र भुटानको एक एक टिम र अन्य नेपालका ए डिभिजनको थप २ टिम गरी कुल ८ टिमको प्रतियोगितामा सहभागिता रहने आयोजक समितिका संयोजक सन्तोस थ्रोपा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड रुपैँया लाग्ने र प्रतियोगिताबाट खर्च कटाएर कुल ५० लाख रुपैँया बचत गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हालसम्म नेपालको प्रतियोगितामा महिला फुलटबलको सर्वाधिक पुरस्कार राशी ७ लाख रहेको र त्यो भन्दा माथि कम्तीमा ७ लाख ५० हजार रुपैँया प्रथम पुरस्कार राशी रहने अध्यक्ष थ्रोपाले जानकारी दिनुभयो । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत समेत पुरस्कार प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थ्रोपा रोषन, उपप्रमुख नरमाया कार्की, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ्ग लगायातले प्रतियोगिता सम्पन्न गर्न आर्थिक र अन्य प्राविधिक सहयोग गर्नें प्रतिवद्धता जनाउनुभयो ।
यता नगरको गौरवको आयोजा अन्तर्गत दुधेमा बन्न लागिरहेको दुधे रङ्गशालाको प्याराफिट ग्राउण्ड लगायातको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको शिवसताक्षी नगरपालिकाका प्रम्ुख मेगाहाङ्ग थ्रोपा रोषनले बताउँनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र संघिय तहका तीनै तहका सरकारको लगानीमा २६ हजार दर्शक अटाउन मिल्ने गरि हालसम्म २ करोड १८ लाख रुपैँया खर्च भइसकेको र संघिय सरकारबाट यसबर्षमात्रै ३ करोड रकम विनियोजन गरिसकेको थ्रोपाले बताउँनुभयो ।


