Kanakai Online

नेपालमा पहिलो पटक ‘मिस होस्टल नेपाल’ हुदै


मङ्गलवार, साउन १४, २०८२ |

कनकाई अनलाईन
नेपालमा पहिलो पल्ट मिस होस्टल नेपाल हुने भएको छ । संस्कारसहितको आधुनिक शिक्षायुक्त व्यक्तिलाई व्यक्तित्व बनाउन ‘मिस होस्टल नेपाल–२०२५’ को आयोजना गर्न लागिएको पत्रकार सम्मेलको आयोजा गरि आयोजक समितिले जनाएको छ ।

काराओके इन्टरटेनमेन्टले होस्टल व्यवसायी संघसंगको सहकार्यमा यो वौद्धिक प्रतिभासहितको सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।
देशका विभिन्न क्षेत्रबाट अध्ययनको सिलसिलामा संघीय राजधानी काठमाडौं आएर होस्टलमा बसेर उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । यस प्रतियोगितामा सहभागी हुनका लागि १६ देखि २४ वर्ष भित्रका युवतीहरुले आवेदन गर्न सक्ने जनाईएको छ ।

आइतवार काठमाडौंमा आयोजित प्रेस मीट कार्यक्रममा यो प्रतियोगिताको ग्राण्ड फिनाले नेपाल पुलिसको भृकुटीमण्डपस्थित नवनिर्मित हलमा आगामी भदौ १६ गते आयोजना हुने जानकारी गराइएको छ । प्रतियोगितामा ३० जना युवतीहरुले भाग लिने छन् । अन्तिम प्रतिस्पर्धाअघि उनीहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण उपलब्ध गराईनुका साथै विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सहभागी गराईने छ ।

प्रेस भेटघाटमा आयोजक संस्थाका अध्यक्ष खगेश रंजितकारले शिक्षा, स्वास्थ्य, खेलकुद आदि विविध क्षेत्रहरुको माध्यमबाट युवाहरुलाई प्रशिक्षित गराउँदै एउटा जिम्मेवार संस्कारयुक्त नागरिक उत्पादन गर्न आफूहरु लागिरहेको बताए । काराओके इन्टरटेनमेन्टले यसअघि मिस टिन नेशनल, मिस्टर नेशनल, मिस नेवाः आईकन, मिस नेवा वल्र्ड, स्पोर्टस् आईकन आदि प्रतियोगिता आयोजना गरेर युवाहरुलाई प्लेटफर्म उपलब्ध गराएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै होस्टल व्यवसायी संघका केन्द्रिय अध्यक्ष सुनील भेटवालले घर छाडेर होस्टलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अवसर उपलब्ध गराउन विभिन्न गतिविधि गर्ने सिलसिलामा यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमले विद्यार्थीका साथै होस्टल व्यवसायलाई समाजमा मर्यादित व्यवसायका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नु भयो । यसले आम अभिभावकहरुमा होस्टलहरुको परिचय हुने र त्यसले व्यवसायको पनि प्रवर्धन हुने कुरा बताए ।

कार्यक्रममा जानकारी गराईए अनुसार प्रतिस्र्धीहरुलाई ¥याम्प वक, उद्घोषण तथा वाककला प्रशिक्षणका साथै पूर्व प्रतियोगीहरुको अनुभव साट्ने जस्ता कार्य गरिने छ । त्यस्तै उनीहरुलाई सम्पदा क्षेत्रको भ्रमण, फोटोसुट, हाईकिङ, स्व–मेकअप, मिडिया आदि विषयमा प्रशिक्षण उपलब्ध गराईने छ ।

उत्कृष्ट हुने प्रतिस्र्धीलाई नगद १ लाख रुपैयाँ, दोश्रोलाई ५० हजार रुपैयाँ तथा तेश्रो हुनेलाई २५ हजार रुपैयाँ नगदका साथै क्राउन, स्यास, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, ट्रफी आदि प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न ३० वटा सब–टाईटल पनि वितरण गरिने छ । प्रतियोगिताको कोरियोग्राफी मिस नेशनल विजेता समिता बज्राचार्यले गर्नेछिन् ।

सम्बन्धित खबर