Kanakai Online

कोशी प्रदेशमा अपराधीलाई छैन खुला आकाशः एक बर्षमा ३५ सय १३ जना फरार प्रतिवादी पक्राउ


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन
कोशी प्रदेश प्रहरीले बिशेष अभियान संञ्चालन गरेर गत बर्ष ३५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका फरार अभियुक्त्तहरुबाट प्रहरीले १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद सजाय र १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुली गराएको छ ।

अपराधीलाई छैन खुला आकाश बिशेष अप्रेसन चलाएर कोशी प्रदेश प्रहरीले अदालतबाट कैद र जरीवाना सजाय पाएर पनि गाउँघर , शहर बजारमा लुकिछिपपी बस्दै आएका ३५ सय १३ जना फरार अभियुक्त्तलाई गत बर्ष विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।

समाजमा शान्ति कायम गराउन र दण्डहिनता अन्त्य गराउन बिशेष अभियान नै सञ्चालन गरेर फरार प्रतिबादीहरुलाई धरपकड गर्न सुरु गरेपछि अब खुला आकाश मुनि पनि अपराधीलाई लुक्न ठाउँ छैन भन्ने प्रस्ट भएको कोशी प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताए । उनले भने ‘अपराधी जहाँ भए पनि पक्राउ गरेरै छाड्छौं, प्रदेश प्रहरीले पछिल्लो उपलब्धिबाट यही प्रमाणित गरेको छ उनीहरु खुला आकाशमुनी पनि लुकेर बसिरहन सक्नेछैनन ।’

कोशी प्रदेश प्रहरलिे अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका र वर्षौंसम्म फरार रहेका अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउन आधुनिक सूचना प्रविधिको प्रयोग, समुदायसँगको समन्वय र विशेष रणनीतिमार्फत बिशेष अनुसन्धान समुहबाट अपरेशन सञ्चालन गरिरहेको छ ।

कोशी प्रदेश प्रहरीले गाउँ, घर, छिमेकमा लुकेर बसेका फरार व्यक्तिबारे जानकारी दिन सबै नागरिकलाई अपिल पनि गरेको छ । प्रहरीले अपिल गरेको छ गर्दै ‘ लुकेर बसेका अपराधीहरुको सूचना प्रहरीलाई दिनुहोस्, प्रहरीले तपाईंलाई सुरक्षा दिन्छ।’ सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता सुरक्षित गरिने प्रदेश प्रहरीले स्पष्ट पारेको छ ।

सबैभन्दा धेरै मोरङमा र सबैभन्दा कम सोलुमा पक्राउ

गतबर्ष सबैभन्दा बढि फरार प्रतिबादी मोरङमा र सबैभन्दा कम सोलुखुम्बुमा पक्राउ परेका छन । गतब र्ष मोरङमा ११ सय ५६ जना , सुनसरीमा १ हजार २ जना , झापमा ५ सय ३४ जना इलाममा १ सय ४६ जना पाँचथरमा ४२ जना ताप्लेजुङमा ४८ जना , धनकुटामा ५७ जना ,तेह्रथुममा ४५ जना, भोजपुरमा ४४ जना , संखुवासभामा २८ जना ,उदयपुरमा २ सय ६० जना , ओखलढुंगामा ६९ जना, सोलुखुम्बुमा १४ जना र खोटाङमा ५३ जना फरार प्रतिबादी पक्राउ परेका छन ।

सम्बन्धित खबर