
कनकाई अनलाईन
आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड ले नयाँ शैक्षिकसत्र मा कक्षा ११ मा भर्ना भएका विद्यार्थी लाई ३ दिने ओरियन्टेशन को २ चरण पुरा गरेको छ ।
एसईइ पास भएर नयाँ भर्ना मा आएका विद्यार्थी लाई लक्षित गरी कार्यक्रम गरिएको हो ।
पहिलो चरण मा ५० जना भन्दा बडी विद्यार्थी लाई ओरियन्टेशन मा पहिलो दिन साथी सग घुलमिल हुने, समुह कार्य , ब्यक्तिगत सौन्र्दर्य हेरचाह तथा बिद्यालय बारे को विभिन्न जानकारी तथा मनोरञ्जन ,नाटक प्रदर्सन गरिएको ,दोस्रो दिन पाँच तारे होटल किङ्सबेरी का खाना तथा प्रसासन लगायत किचन ,रेस्टुरेन्ट का अनुगमन गरेका थिए भने ,ओरियन्टेशन को तेस्रो दिन प्रकृती बारे बुझ्न इलाम को स्वामी पार्क, गुगल पोइन्ट लगायत का स्थानको भम्रण गरेका थिए । ५०÷५० जना गरि दुइ पटक को अभिमुखिकरण मा आदर्श कलेज का विद्यार्थी भर्ना प्रमुख तथा विभिन्न तालिम सहजकर्ता दीपक दास , कलेज का विभिन्न बिभाग प्रमुख हरु डेजिका कार्की ,प्रबेश खनाल ,अन्किता पराजुली ले नयाँ विद्यार्थी लाई अभिमुखिकरण गर्नु भएको जानकारी कलेज का तालिम बिभाग प्रमुख दास ले दिनु भयो ।


