
लीलाराज झापाली
झापाको कनकाई नगरपालिका क्षेत्रका २०८ घरपरिवारले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट जग्गाको धनीपुर्जा प्राप्त गर्ने भएका छन ।
शनिवार दिउसो साढे ३ बजे प्रधानमन्त्री ओलीले यहाँस्थित कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वार्डका २०८ जनालाई हातमा धनीपुर्जा वितरणको तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले कनकाई अनलाईनलाई बताउँनुभयो । २०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको भएपनि भनीपुर्जा वितरणको तयारी थालेको ८ बर्ष वितिसक्दा पनि कनकाई नगरपालिकामा यसअघि नगन्य रुपमा मात्रै धनीपुर्जा वितरण भएको थियो । हालसम्म यो ८ बर्षको अवधिमा १६० जनालाई मात्रै धनीपुर्जा वितरण गरिएको नगरपालिकाको अभिलेख रहेको छ ।
शनिवार कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ ज्ना गरि कुल १२७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन ।
यसवाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलित तर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने भुमि इकाई समिति कनकाईकी संयोजक रन्जिता कट्टेलले बताउँनुभयो ।
कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुसियाली छाएको छ । कनकाई नगरपालिका क्षेत्रमा आगामि मंसिर महिनाभित्रै थप ५००० सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलितलाई धनीपुर्जा वितरणको तयारी अन्तिम अवस्थामा पुर्याइसकेको कनकाई नगरपालिका भुमि इकाई समितिले जनाएको छ ।



