Kanakai Online

दोमुखामा काठ तस्कर र प्रहरीविच दोहोरो झडप, ठुलो परिणामको साखु बरामद


बिहिवार, असार २६, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई माई नदिमा खोलाको वहावमा बगाएर चोरी गरी अन्यत्र लैजादै गरेको ठुलो परिमाणको साखु जातको काठ प्रहरी र सामुदायिक वन समुहको टोलीले बिहिवार विहान बरामद गरेको छ ।
इलामका विभिन्न सामुदायिक वन समुहबाट रुख कटान गरि कनकाई माई नदिको वहावमा बाँसको चालीमा काठ चोरी गरि झापातर्फ लैजाने गरेको विशेष सुराकीको आधारमा प्रहरीले गस्ती सक्रियता बढाएको थियो ।
झापा शिवसताक्षी नगरपालिका १० दोमुखामा गस्ती बसेको अस्थायी प्रहरी चौकी माईधार र गैडे सामुदायिक वन समुह शिवसताक्षीको टोलीमाथि काठ लिएर आएको करिव ३०÷४० जनाको हतियारधारी समुहले गस्ती टोलीमाथि विहान करिव ३ बजेतीर ढुङ्गा प्रहार गरेर लखेटेको अस्थायी प्रहरी चौकी माईधारका प्रमुख प्रहरी सहायक निरिक्षक मानपुर चौधरीले बताउँनुभयो । तस्करी गर्ने समुहले प्रहरी र वन समुहको गस्ती टोलीलाई लगेटेपछि प्रहरीले इलाका प्रहरी कार्यालय झिलझिले, सव डिभिजन वन कार्यालय सुरुङ्गा लगायातको प्रहरी र वन रक्षक टोलीबाट थप मद्धत मागेपछि तस्करी समुह काठ त्यही छाडेर अन्यत्र लागेको थियो । प्रहरीले कनकाई माई नदिबाट बगाएर ल्याएको १८ चाली साखु जातको काठ बरामद गरेको छ । बरामदी काठ नापजाँच हुन बाकी रहेको र करिव १५० क्युविक भन्दा बढी काठ बरामद भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

वरामद काठ खोलाबाट निकाली आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वनसमुहलाई बुझाइएको अस्थाई प्रहरी चौकी माईधार का इन्चार्ज मानपुर चौधरीले बताउँनु भयो । लामो समयदेखि उक्त नदिको वहावमा इलाम जिल्लाबाट सखुवा को काठ बगाएर ल्याएर नेपाल तथा भारतीय बजारसम्म समेत विक्री गरिदै आएको छ । यसविचमा नदिमा काठ बगाएर ल्याउने समुह र प्रहरी विच पटक पटक झडप समेत हुदै आएको छ । नदिमा पानीको वहाव बढेसगै बाँसको चाली बनाएर तस्करीमा संग्लन समुहले काठ बगाएर ल्याउने गरेका छन ।

सम्बन्धित खबर