Kanakai Online

कनकाईमा अर्को सामुदायिक तालिम हल बन्दै, संविधानसभा सदस्य राजवंशीले गरीन शिल्यान्यास


बुधवार, असार २५, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई सामुदायिक वन क्षेत्रभित्र अर्को वृहत कनकाई सामुदायिक बहुउद्धेश्यीय तालिम भवन बन्ने भएको छ ।
कनकाई सामुदायिक वन उपभोक्ता समुहको आन्तरिक स्रोतबाटै निर्माण हुन लागेको उक्त वहुउद्धेश्यीय भवनको संविधानसभा सदस्य तथा कनकाई सामुदायिक वनकी उपभोक्ता समेत रहनुभएकी अम्बिका खबास राजवंशीले बैदिक विधिअनुसार बहुउद्धेश्यीय भवनको शिल्यान्यास गर्नुभयो ।
केहि बर्षभित्रै सञ्चालनमा आउन लागेको उक्त बहुउद्धेश्यीय भवन सामुदायिक वन समुहको करिव ७० लाख रुपैँयाको लागतमा निर्माण गर्न लागिएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले कनकाई अनलाईनलाई बताउँनुभयो । यसअघि जीर्ण अवस्थामा रहेको यस सामुदायिक भवनको निर्माणपछि यस तालिम हलमा वन समुहका उपभोक्ताहरुमाझ विभिन्न प्रकारका आयमुलक तथा व्यावसायिक तालिमहरु सञ्चालन गर्न, उपभोक्ता समुहको भेला, बैठक राख्न तथा यस क्षेत्रका विभिन्न संघ संस्थाहरुको समेत कार्यक्रम अधिवेशन लगायात राख्नका लागि मद्धत मिल्ने कनकाई सामुदायिक वन समुहका सहसचिव केशव संग्रौलाले बताउँनुभयो ।
वन समुहको भवन शिल्यान्यास कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई सवडिभिजन वन कार्यालयका प्रमुख सुरेश खनाल, कनकाई सामुदायिक वन समुहका पुर्वसचिव श्याम पौडेल, राजनैतिक तथा सामाजिक व्याक्तित्वहरु नेत्रप्रसाद चिमरिया, खगेश्वर उप्रेती लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले र सञ्चालन सचिव मान्ता खरेलले गर्नुभएको थियो ।
कनकाई नगरीको सुरुङ्गा क्षेत्रमा यस तालिम हल सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीयलाई कार्यक्रम, तालिम लगायात सञ्चालनमा मद्धत मिल्ने छ ।

सम्बन्धित खबर