Kanakai Online

दुर्गापुरको फक्तालुङ एजुकेशन फाउण्डेशन एसईईमा सतप्रतिशत उत्तीर्ण


सोमवार, असार १६, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनले यसबर्ष पनि सर्वोकृष्ट नतिजा प्राप्त गर्दै यस बर्ष सहभागि १५ विद्यार्थीहरु सबै एसईई परीक्षामा सतप्रतिशत उतीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका १५ जना विद्यार्थीमध्ये ४ जनाले ए प्लस, ६ जनाले ए ग्रेड प्राप्त गरेका छन् भने ५ जनाले बी प्लस ग्रेड ल्याएका छन्।
२०६६ सालमा स्थापना भएको फक्तालुङले विगतका वर्षहरूमा पनि लगातार रूपमा शतप्रतिशत सफलता हासिल गर्दै आएको छ। संस्थापक प्रिन्सिपल तथा एन प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष ओम विक्रम नेम्वाङका अनुसार विद्यालयले कनकाई क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
फक्तालुङले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै जीवन दर्शनसम्बन्धी शिक्षासमेत प्रदान गर्दै आएको छ। विविध अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, र विद्यार्थी–अभिभावकबीच नियमित अन्तरसंवाद कार्यक्रममार्फत विद्यालयले विशेष पहिचान कायम गर्न सफल भएको नेम्वाङको भनाई छ । यस विद्यालय अरिरिक्त क्रियाकलाप र खेलकुदमा जिल्लामै अब्बल विद्यालयको रुपमा मानिदै आएको छ । शैक्षिक गतिविधिमा समेत सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सक्षम बनेपछि विद्यालयले आफ्नो लक्ष्य अनुसारको प्रतिफल प्राप्त गरेको विद्यालयका अध्यक्ष दुर्गा नेम्बाङ्गले नजिता ल्याउन मद्धत गर्ने सर्बै विद्यार्थी,अभिभावक, शिक्षक कर्मचारीलाई धन्यावाद प्रदान गर्नुभएको छ ।
यस वर्ष कनकाई नगरपालिकामा अन्य बर्षको भन्दा उत्कृष्ट नतिजा एसईई नतिजा २०८१ म ल्याउन सफल बनेको नगर शिक्षा साखाले जनाएको छ ।
कुल ८२४ विद्यार्थी मध्ये ६३३ जना विद्यार्थी एसईईमा उत्तीर्ण बनेको शिक्षा साखाले जनाएको छ ।

सम्बन्धित खबर