Kanakai Online

कनकाईको प्रधानमन्त्री ओली पढेको स्कुल निल हुनबाट बच्यो


शनिवार, असार १४, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ९ मा रहेको आदर्श विद्या मन्दिरमा यस बर्ष २०८१ सालको एसईई परिक्षामा मुस्किलले १ जना विद्यार्थी उत्तीण भएका छन ।
यो विद्यालय हालका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यान गरेको विद्यालय समेत हो । यस विद्यालयबाट हालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०२७ सालमा हालका प्रधानमन्त्री ओली सहित ११ जना विद्यार्थीले यस विद्यालयबाट तत्कालिन समयमा एसएलसी उत्तीण गरेको रेकर्डमा उल्लेख रहेको छ । हालका प्रधानमन्त्री ओलीले अध्यान गरेको यस विद्यालयको एसईई नतिजालाई लिएर चासोका साथ हेरिएको थियो । जसमा २८ विद्यार्थी मध्ये १ जनाले मात्रै एसईई उत्तीर्ण गरेका छन । यता विद्यालयको प्राविधिक फाटतर्फ भने २४ विद्यार्थीमध्ये १४ जनाले उत्तीर्ण गरेका छन ।
यसरी प्रूधानमन्त्री अध्यान गृरेको विद्यालयमा १ जना विद्यार्थी धन्न उत्तीण गराएर इज्यत बचेको भन्दै हाल यस क्षेत्रका शिक्षासेवीमा चर्चा हुने गरेको छ ।
यता अघिल्लो बर्षमा सुन्य नतिजा आएको सिंहदेवि माध्यमिक विद्यालयले भने यस बर्ष सामुदायिक विद्यालयहरु मध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ । यस विद्यालयले सहभागि विद्यार्थीमध्ये ८४ प्रतिशत विद्यार्थी उत्तीण गराउन सफल बनेको छ ।

सम्बन्धित खबर