
कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी प्रमुखमा बरिष्ठ प्रहरी नायव निरिक्षक किरण मोक्तान आउनुभएको छ ।
यसअघिका प्रहरी प्रमुख दिलिप थापाको अन्यत्र सरुवा भएसगै इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी प्रमुखमा मोक्तान आउनुभएको हो । यसैविच नयाँ आउनुभएका प्रहरी प्रमुख मोक्तानले यस क्षेत्रको वढदो लागुऔषध कारोवारी तथा चोरी तस्करी लगायातका घटनाहरु राक्नका लागि नागरिक प्रहरी साझेदारीका लागि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
झापा गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष राजकुमार यादव, कार्यपालिका सदस्य दिलिप विक, कार्यालय प्रमुख टाघनडुब्बाका वेनुप्रसाद बास्कोटा, यस क्षेत्रका समाजसेवी तथा राजनैतिक व्याक्तित्वहरु गौरीशंकर राजवंशी, राजकुमार कोच, माधव पोखरेल, शुक्रवहादुर राई, मणिराज गणेश, मनिराज गणेश, दिलकुमार गणेश, कुमार सि, लगायातले यस क्षेत्रको शान्ति सुरक्षाको वारेमा सुझाव दिनुभएको थियो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी प्रमुख मोक्तानले यस क्षेत्रमा समस्याका रुपमा रहेको लागुऔषध, प्रयोग र कारोवारी, विपद व्यावस्थापन, चोरी तस्करी, लैगिक हिंसा लगायातमा नागरिक प्रहरी साझेदारीमा जोड दिनुभयो । नागरिकको साथ र सहयोग पाएमा यी सबै समस्याको समाधानमा सफल हुने विश्वास र प्रतिवद्धता प्रहरी प्रमुख मोक्तानले व्याक्त गर्नुभयो ।
कार्यक्रममा झापा गाउँपालिका १ नम्बर वार्डअध्यक्ष राजकुमार यादवले यहाँका समसामयिक समस्याहरुको र जनताको शान्ति सुरक्षा र जीउधनको रक्षाका लागि नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासन मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाउँनुभयो ।


