
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ टेक्रास्थित सिंहदेवि माविका विद्यार्थीहरुका लागि एक दिवशीय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिका ४ को आर्थिक सहयोग तथा नवजीवन प्रतिष्ठान कनकाईको समन्वयमा शुक्रवार भएको लागुऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रममा सिंहदेवि माविका १५० वढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नजजिवन प्रतिष्ठानका प्रमुख प्रशिक्षक अरविद कड्रियाले वालवालिकाहरु तथा युवा पुस्ताहरु कसरी लागुऔषधको कुलतमा फस्छन र यसबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर प्रशिक्षण दिनुभएको थियो ।

कनकाई नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष रोषन सुवेदीको प्रमुख आथित्यता रहेको कार्यक्रममा बोल्दै वडाअध्यक्ष सुवेदीले कनकाई नगरपालिकालाई लागुऔषध रहित नगर बनाउन कनकाई नगरपालिकाले समेत नागरिक समाजको साथ लिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । साथै सुवेदीले विद्यार्थीहरुले आफुले सिकेका ज्ञानका कुरालाई आफुमा मात्रै सिमित नराखी आफ्ना अभिभावक र गाउँ समाजमा समेत बताउँन र बुझाउन अनुरोध गर्नुभयो । कार्यक्रम बाबु लिम्बुको सम्योजन तथा अभिषेक मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा सिंहदेवि माविका प्रअ भोला ढुङ्गेल, शिक्षक विद्या कडेँल, बाबुराम नेपाल, कृष्णप्रसाद निरौला लगायातको आतिथ्यता रहेको थियो ।


