
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा एक दिवशीय सुरक्षित आप्रवासन सम्बन्धि कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि सहित स्वरोजगार प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा श्रम तथा रोजगार पत्रकार समुहका सुनिल न्यौपानेले सहभागिलाई लैगिक उत्तरदायी तथा स्थानीय श्रम आप्रवासन सुशासन सम्बन्धि जानकारी गराउँनुभएको थियो । न्यौपानेले नेपालमा विद्यमान सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि कानुनी व्यावस्था, कानुनी उपचार विधि पद्धति र समस्याका वारेमा जानकारी गराउँनुभएको थियो ।
हरेक बर्ष विदेशमा जाने र यसबाट नेपाल भित्रिने रेमिटान्स समेत बढिरहेको भन्दै तत्कालिन वैदेशिक रोजगार सम्बन्धि ऐनले भारत बाहेक रोजगारीमा अन्य मुलुक जानेहरुलाई मात्रै समेटेको कारण यो वैदेशिक रोजगार सम्बन्धि ऐन पुरानो भएकोले भारत समेत जानेहरुको हकमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरु अझैपनि संगठित नहुने हुदा धेरै कुरामा समस्या भोगिरहेको बताउँनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रसमुख आशाशर्मा शिवाकोटीले यसप्रकारका अन्तक्रियाहरुबाट सरोकारवाला निकायहरुको ध्यानआकर्षण गराउन सहयोग पुग्ने बताउँनुभयो । शिवाकोटीले अबका दिनहरुमा कम्तीमा महिला र कमजोर अवस्थाका युवा पुस्तालाई प्रविधि सहितको तालिम दिएर सक्षम बनाउनुपर्ने र भरसक वैदेशिक रोजगारीमा जानै नपर्ने र जानैपर्ने भएमा सीप सिकेर मात्रै जाने प्रबन्ध मिलाउन सरकार लागिपर्ने बताउँनुभयो ।

कारितास नेपालकाृे समन्वयमा जीआईजेट नेपालको सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल आप्रवासन सञ्जालको आयोजनामा आयोजित कार्यक्रममा कोशी प्रदेशका रोजगार साखा प्रमुख, विभिन्न साखाका प्रमुख, रिटर्नी फेडोरेशनका प्रतिनिधि, माईती नेपालका प्रतिनिधि लगायातको सहभागिता रहेको थियो ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका कृष्ण नेउपानेको सभापतिमा आयोजित कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रमुख शंकरकुमार पौडेल, रिर्टनी फेडेरेशनका दिपक चापागाई, माईती नेपालका गोविन्द घिमिरे, कनकाई नगरपालिकाकी महिला वालवालिका विभागकी प्रमुख टिका खतिवडा, रोजगार साखा प्रमुख सरोज मैनाली, झापाका सामी परियोजनाका प्रमुख शेखर बुडाथोकी लगायातले सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारका तीनै तहका सरकार, नागरिक समाज र स्वयम सम्बन्धित नागरिकले पनि सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो ।





