Kanakai Online

कनकाई २ मा लागुऔषध बिरुद्ध जनचेतना


शुक्रवार, जेठ ३, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा दुई दिवशीय लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रको आयोजना गरिएको छ ।
नवजीवन प्रतिष्ठानको समन्वय र कनकाई नगरपालिका २ को आर्थिक सहयोगमा कनकाई २ को वार्डकार्यलयमा आयोजित कार्यक्रममा त्यहाँका विद्यार्थी तथा किशोर र युवा समुदायको सहभागिता रहेको थियो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख समेत रहनुभएका बरिष्ठ प्रहरी नायव निरिक्षक राधाकृष्ण दाहालले लागुऔषधको कुलतमा कसरी किशोर किशोरी फस्छन र यसको मानसिक अशर कस्तो हुन्छ भन्नेवारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षणका क्रममा प्रहरी प्रमुख दाहालले लागुऔषधका अध्यारा पक्षहरुको वारेमा जानकारी दिनुहुदै लागुऔषधले कसरी घर परिवार, समाज र देशलाई बर्वादीको अवस्थामा पुर्याउछ भन्नेवारेमा जानकारी गराउँदै लागुऔषध प्रयोगकर्ता र विक्रीवितरण गर्नेलाई हुने कानुनी दण्ड सजायका वारेमा जानकारी गराउँनुभयो । यसैगरि कार्यक्रममा लागुऔषधका प्रशिक्षक अरबित कड्रिया, रिकेश राई लगायातले लागुऔषधमा कसरी वालवालिका र युवाहरु कुलतमा फस्छन भन्नेवारेमा जानकारी गराउँनुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतावले कनकाई नगरपालिकालाई लागुऔषधमुक्त नगर बनाउने अभियान अन्र्तगत यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । राईले नगर र प्रहरी मात्रैको प्रयासबाट यो अभियान सफल नहुने भन्दै सबै समुदाय र उमेर समुहको बराबरी अभियानमा सहभागिताको आवश्यकता रहेको बताउँनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य निशा मगर, युवा समाजसवी विनोद रानामगर, शिक्षक सुर्य अधिकारी, बाल सञ्जाल पुर्व जिल्ला अध्यक्ष अभिषेक मिश्र, वाल सञ्जाल कनकाई २ की अध्यक्ष आशिका अधिकारी, लगायातको आतिथ्यता रहेको कार्यक्रमको संयोजन बाबुप्रसाद लिम्बुले गर्नुभएको थियो ।

सम्बन्धित खबर