कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा चौकमा रहेका पूरानो मन्दिरको रुप फेरिने भएको छ ।
यस क्षेत्रका सामाजिक अगुवा तथा प्रदेश, संघ र स्थानीय सरकार समेतको सहयोगमा पुरानो मन्दिरको जीर्णोद्धार हुने भएको छ । आकर्षक मन्दिर र सामुदायिक भवन सहित करिव एक करोडको लागतमा धमाधम मन्दिरको जीर्णोद्धार हुन लागेको हो । तत्कालिन कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाले आफ्नो सेवा सुविधा वापतको ४ लाख रुपैँया रकम सहयोग गरेर सुरु गरिएको यस अभियान चिमरियाले सुरु गरेको ३ बर्षभित्रै सम्पन्नको अन्तिम तयारीमा पुगेको हो । चिमरियाले आफ्नो कार्यकालमै वार्डको गौरवको आयोजनाका रुपमा थप १० लाख रुपैँया बजेट विनियोजन गर्नुभएको थियो । मन्दिरको नयाँ कार्यसमिति रमेश खतिवडाको नेतृत्वमा गठन गरिएसगै मन्दिर र सामुदायिक भवन निर्माणले गति पाएको हो । भवन निर्माणका लागि यस क्षेत्रका जेसिज लायन्स लगायातका सामाजिक संस्थाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन गरिएको हो ।
चिमरिया लगायात भवन निर्माण समिति र दुर्गा पाञ्चायन मन्दिर समितिका सदस्य र पदाधिकारीहरुबाट समेत १० लाख रुपैँया संकलन गरि थालिएको सामुदायिक भवन र मन्दिर निर्माणका लागि स्थानीय सरकार कनकाई नगरपालिकाले १० लाख र यसै आर्थिक बर्षमा ८ लाख रुपैँया बिनियोजन गरिएको भवन निर्माण समितिका संयोजक चिमरियाले बताउँनुभयो । मन्दिर तथा सामुदायिक भवनका लागि यस क्षेत्रका सामाजिक व्याक्तित्व राधेश्याम अग्रवाल वनभोरी सेलर मिलबाट टालि मार्वल सहयोग, हरिप्रसाद सिंघलबाट ग्रिल, विरेन्द्र मैनालीबाट रङ्ग रोगन, दिव्यराज ढकालबाट विद्युत, र प्रदेश सरकारबाट समेत सामुदायिक भवन निर्माणका लागि ७ लाख रुपैँया बिनियोजन गरिएको दुर्गा पाञ्चायन मन्दिरका अध्यक्ष रमेश खतिवडाले बताउँनुभयो । यसैविच मन्दिरको पाञ्चायन देवताको मुर्तिलाई समेत विशेष पुजाआजाका साथ मुर्ति अनावरण समेत गरिएको छ । अबको ६ महिनाभित्रमा सबै मन्दिर निर्माण सामुदायिक भवन लगायात सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको मन्दिर निर्माण समितिले जनाएको छ ।
कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रको सबैभन्दा पुरानो यस मन्दिर र सामुदायिक भवन सञ्चालनमा आउदा यहाँका स्थानीयलाई बिवाह, लगायातका शुभ कार्य गर्न सहज हुने छ ।


