कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका ४ स्थित दहिझोडा सामुदायिक वनबाट १२ लाख रुपैँया बढी मुल्यको अवैध साखु काठ बरामद भएको छ ।
बिहीवार दिउँसो ३.३० बजे दहिझोडा सामुदायिक वनको खुड्किलो भन्ने स्थानमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य रु.१२ लाख २५ हजार बराबरको अन्दाजी ३५० क्युफिट साखु जातको गोलिया काठ बरामद भएको हो ।
सशस्त्र प्रहरी बल, २ नम्बर गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बिकको कमाण्डमा ५ जना, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सो काठ बरामद गरी आवश्यक कार्बाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति एवं सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखेलले जानकारी दिनुभयो ।


