कनकाई अनलाईन
कनकाई नगरपालिका स्थापनाको १२ बर्षको उपलक्ष्यमा एकसाथ नगरलाई बालमैत्री र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने भएको छ ।
भोली वैशाख २५ गतेका दिन विशेष कार्यक्रमका विच नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र पुर्ण खोप घोषणा गरिन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले बताउँनुभयो । कनकाई नगरपालिकालाई भोली प्रदेश सरकारका सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले बालमैत्री र खोप सुनिश्चित पालिका घोषणा गर्ने र यसका लगि नगरका सबै जातजाति झल्कने सास्कृतिक झाँकी सहित र्यालीको आयोजना गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
यो सगै कनकाई झापामा तेस्रो बालमैत्री पालिका घोषणा हुने भएको छ । यसअघि भद्रपुर र कमल गाउँपालिका बालमैत्री घोषणा भएको छ ।
बालमैत्री घोषणा हुन जम्मा ५१ वटा सुचक आवश्यक पर्ने भएपनि कनकाईले आफ्नै पालिकाले थप २ वटा सुचकहरु थप गरेर ५३ वटा सुचकहरु पूरा गरेको कनकाई नगरपालिकाका वालकल्याण अधिकारी उमानाथ ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । थप २ सुचकमा कनकाई नगरपालिकाका स्कुलको कालोपार्टीमा चक मुक्त र .सबै स्कुलमा सेनेटरी प्याडयुक्त समेत थप गरिएको ढकालले बताउँनुभयो । कनकाई नगरपालिकाले यसअघि खुल्ला दिसामुक्त, नेपालकै पहिलो बिद्युत चुहावटमुक्त, खैनी चुरोट मुक्त, बन्द निषेधित लगायातका दर्जन बढी घोषणा गरिएको छ । यी मध्ये सुर्ति सेवन बाहेक सबैमा कनकाई नगरपालिका सफल बनेको र सुर्ति सेवन र विक्री प्रतिबन्धलाई समेत अब थप कडाइका साथ लागु गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । यसका लािग हामीेले नगरप्रहरी भर्ना प्रक्रिया अगाडि बढाइसकेका छौ पोखरेलले पत्रकार सम्मेलनमा भन्नुभयो ।
बालमैत्री शासनयुक्त नगरपालिका घोषणाको अवशरमा कनकाई नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ । कनकाईको घोषणा सभामा झापाका सबै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाई निम्तो दिइएको समेत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउँनुभयो ।
पत्रकार सम्मेलनमा कनकाई नगर बाल सञ्जालका अध्यक्ष बिजय तिवारीले बालमैत्री नगरपालिका घोषणाका लागि आफुहरुले सडक नाटक, विभिन्न वाल विवाह रोक्ने लगायातका सचेतनामुलक कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।


