
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारी तथा मानव वेचविखन बिरुद्ध सबै लागि पर्ने सामुहिक ऐक्यवद्धता जनाइएको छ ।

कनकाई नगरपालिका ९ स्थित कोच सामुदायिक भवनमा विशेष कार्यक्रमको आयोजना गर्दै झापा कनकाई नगरपालिकाका विभिन्न संघ संस्थाहरु कनकाई नगरपालिका सहित इलाका प्रहरी कार्यालय घैलाडुब्बा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसिज, सुरुङ्गा सामुदायिक सिकाई केन्द्र, सुरुङ्गा सहकार्य युवा क्लव, घैलाडुब्बा युवा क्लव, कनकाई नगर बाल सञ्जाल, दिपसिका महिला कृषि सहकारी संस्था, नमुना आप्रवासी कृषक समुह, नर्वदेश्वर आप्रवाशी कृषक समुह लगायातले उक्त सामुदायिक प्रतिवद्धतामा हस्ताक्षर गरि लागु गरिएको हो । यसका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुहिक प्रतिवद्धतामा हस्ताक्षर गरेर अभियानको सुभारम्भ गर्नुभयो ।

कारितास जापानको आर्थिक सहयोग तथा कारितास नेपालको आयोजना कनकाई नगरपालिकाको समन्वयमा विगत ४ बर्षदेखि कनकाई नगरपालिकाका विभिन्न वार्डहरुमा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चितता तथा प्रवासीहरुको स्थानीय पुर्नस्थापना प्रवद्धन परियोजना सञ्चालनमा रहेको छ ।
अभियानका वारेमा परियोजना अधिकृत हिमालय अधिकारीले जानकारी गराउँनुहुदै भरसक युवालाई वैदेशिक रोजगारीमा नपठाउने र पठाउनै पर्ने भएको खण्डमा सबै प्रक्रिया पूरा गरेर आवश्यक ज्ञानसीप हासिल गरेर मात्रै युवालाई विदेश पठाउनका लागि कनकाई नगरमा यो परियोजना सञ्चालनमा रहेको बताउँनुभयो । मानव वेचविखनलाई पुर्णतय नियन्त्रणका लागि यो अभियान सुरु भएको र सबैको साथ सहयोग आवश्यक रहेको समेत अधिकारीले जानकारी दिनुभयो । दिगो लक्ष्य प्राप्तिका लागि पहिलो प्राथमिकता सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना अभिवृद्धि भएको र यो कार्य कारितास नेपाललले विभिन्न दातृ निकायहरुको सहयोग र समन्वयमा गरिरहेको जानकारी दिनुभयो ।
विदेश जादा आधारभुत कुराहरुको जानकारी नलिइकन जाने गर्दा विदेशमा समस्यामा फस्ने गरेको बताउँदै समस्यामा परेका नेपालीहरुको उद्धार र नेपालमा आएपछि पुर्नस्थापना गर्नका लागि कार्यक्रहरु सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई वालमैत्री तथा सुरक्षित रोजगारीका लागि सबै नगरवाशी र संघसस्थाको सहयोग र समन्वय आवश्यक रहेको बताउँनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाका वालकल्याण अधिकारी उमानाथ ढकाल, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रमुख वलकुमार राई, सुरुङ्गा सहकार्य युवा क्लवका सचिव भीम राजवंशी लगायातले असुरक्षित आप्रवासन तथा मानव बेचबिखन विरुछको सयुक्त सचेतनामा सामुहिक प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रम परियोजनाका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले गर्नुभएको थियो । सोही अवशरमा कनकाई नगर बाल सञ्जालको आयोजना तथा कारितास नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको नाटक समेत मञ्चन गरिएको थियो ।
कार्यक्रम सुरु हुनुपुर्व विभिन्न लामो यात्रा बुझेर मात्र पाइला चाल्नुहोस, पहिले देश अनि विदेश लगायातका सचेतनामुलक प्लेकार्ड लिएर घैलाडुब्बा बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रम कनकाई नगरपालिका ९ का वडाअध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा आयोजना गरिएको थियो ।


