कनकाई अनलाईन
कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई सार्थक बनाउन झापाको कनकाई नगरपालिकाले यसैबर्षदेखि गाउँ गाउँमा होमस्टे सञ्चालनमा ल्याउने भएको छ ।
कनकाई नगरपालिकाका विभिन्न वार्डबाट होमस्टे सञ्चालनमा ल्याउन चाहने व्याक्ति तथा समुदायका लागि एकदिवशीय होमस्टे सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कनकाई नगरपालिका ३, सुरुङ्गामा सम्पन्न भएको छ ।
पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना तथा कनकाई नगरपालिकाको सहकार्यमा विभिन्न राई, मगर, सन्थाल, राजवंशी समुदायका ३५ घरपरिवारलाई होमस्टे सम्बन्धि अभिमुखीकरणको आयोजना गरिएको हो । सहभागिलाई पर्यटन कार्यालय काकडभिट्टाका छविलाल खतिवडा, सागर शिवाकोटी लगायातले होमस्टे र यसको सञ्चालन विधि,पर्यटन तथा होमस्टे सञ्चालकले पालना गर्नुपर्ने नियम, रैथाने खानाका परिकार लगायातका वारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले ५ बर्ष पहिलेबाटै होम स्टे नमुनाका रुपमा केहि घरहरुमा सञ्चालनमा रहेको र यसबाट नगरले धेरै कुरा सिकिसकेको भन्दै आगामी बर्षको बजेटमा होमस्टे सञ्चालनकै लागि भनेर कम्तीमा ३० लाख रुपैँया बजेट छुट्टाउने घोषणा गर्नुभयो ।
कार्यक्रममा होम स्टे अभियाकर्मी अर्जुनकुमार कार्की, कोच राजंवंशी संग्राहलय कनकाईका अध्यक्ष प्रेम राजवंशी, आदीवाशी जनजाति महासंघका केन्द्रिय सचिव मोहन राजवशी, होमस्टे महासंघ कोशीका सचिव मन्जिल देवान लगायातले देशको दिगो र कम लगानीमा बढी प्रतिफल हुने होमस्टे व्यावसाय प्रवद्धनमा तीनै तहको सरकारले सीप र प्रचारमा सहयोग गरिदिनुपर्नेमा जोड दिनुभयो ।
झापाको सबैभन्दा वढी पर्यटकहरु घुम्नका लागि रमणिय स्थल रहेको यस कनकाई क्षेत्रमा जामुनखाडी सिमसार, दोमुखा, हेप्पील्याण्ड फनपार्क लगायातका क्षेत्रहरु रहेका छन । ती क्षेत्रहरुकै आसपासका जनजाति समुदायलाई आवश्यक तालिम र स्रोत साधन दिएर होमस्टे सञ्चालनमा प्रोत्साहन गरिन लागेको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।


