Kanakai Online

यस्तो छ एमाले कनकाईको भाइरल पत्र बाहिरीनुको कारण


शुक्रवार, वैशाख १२, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमाले कनकाईले गणतन्त्र दिवशका दिन काठमाण्डौमा एमाले पार्टीले आयोजना गर्नलागेको युथ सेलिब्रेसन( शक्ति प्रदर्शन) का लागि १ लाख ५० हजार रकमै तोकेर चन्दा सहयोग मागेको पत्र बाहिरिएसगै यो पत्र भाइरल बनिरहेको छ । कतिपयले कनकाई नगरपालिकाको नाम बिरलै सुन्ने देश भित्र र बाहिरका नेपाली नागरिकमाझ पनि कनकाई नाम अहिले भाइरल बनिरहेको छ । कुनै जमाना थियो यहाँको कनकाई नगरपालिकाको सुरुङ्गा भन्ने स्थान कहिल्यै बन्द नहुने स्थान भनेर देश विदेशमा भाइरल थियो तर सोही क्षेत्र अहिले कनकाई एमालेको एउटा पत्रकै कारण भाइरल बनिरहेको छ । हामीले पत्र भाइरल बनेपछि यो कसरी भाइरल बन्यो भन्ने बारेमा अनुसन्धान गरेका छौ ।


प्रस्तुत पत्र नेकपा एमालेको कनकाई नगर कमिटीले झापा काठमाण्डौ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ लाई लेखेको हो । वैशाख ८ गते लेखेको उक्त पत्र ११ गते कार्यक्रमकै दिन भाइरल बनेको हो । उक्त पत्रलाई अमेरिकामा बसेर पत्रकारिता गरिरहेका टंक दाहाल देखि नेपाल सरकारका पुर्व सचिव भीम उपाध्याय समेतले फेसबुक पेजमा हालिदिएपछि पत्र अन्तराष्ट्रियकरण भएको हो ।
कनकाई नगरकमिटीका कार्यालय सचिव प्रेमबहादुर कटुवाल हुन । उनी कनकाई नगरपालिका ८ नम्बर वार्डमा गत २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका लीला कटुवालसग निर्वाचन हारेपछि उनीलाई पार्टीको कनकाई नगरकमिटीको कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । हाल कनकाई नगरकमिटीमा अध्यक्ष गोकर्ण ओझा र कार्यालय सचिव लीलाबहादुर कटुवाल दुबै युवा हुनुहुन्न । प्राविधिक रुपमा केहि कमजोरी भएकै हो एमालेका एक कनकाई नगरका एक नेताले भने यसरी पत्र लेख्दा रकमै तोक्नुहुदैन थियो । हामीले पत्र झापा काठमाण्डौ सम्पर्क मंञ्च क्षेत्र नम्बर ४ लाई लेखेको हो तर पुरै झापा काठमाण्डौ सम्पर्क मञ्चका नाममा यो पत्र बन्न पुगेको रहेछ । यसैगरि यो पत्र झापा काठमाण्डौ सम्पर्क मञ्चकोमा पुगेपछि साथीहरुले यसरी कनकाई नगरपालिकाबाट आर्थिक सहयोगका लागि आएको छ के गरौ साथीहरु भनेर ठुलो ग्रुपमा हालिदिनु भएछ । जुन ग्रुपमा पहिलेदेखिनै नेकपा हुदा देखिका युवा साथीहरु पनि हुनुहुन्थियो उहाँहरु मध्ये कसैले भाइरल बनाइदिनुभयो झापा काठमाण्डौ सम्पर्क मञ्चका एक सदस्यले कनकाई अनलाईनलाई बताउँनुभयो । यसअघि पनि एमालेले गर्ने सानातिना दसैतिहार शुभकामना आदानप्रदान देखि लिएर पार्टीका नाममा हुने खसी ग्याम समेतमा झापा काठमाण्डौ सम्पर्क मञ्चले आर्थिक सहयोग गर्दै आएको समेत एक सदस्यले बताए । देशकै धेरै पार्टीै सदस्य संगठित भएको एमालेको झापा जिल्लाबाट काठमाण्डौ जागिर व्यावसाय गर्न गएका पार्टी सदस्यहरुबाट हामीले प्रतिव्याक्ति एक हजारका दरले संकलन गर्ने हो भने पनि करोडौ रकम संकलन हुन्छ जाबो डेढ लाख दिन त हामीलाई ठुलो कुरो भएन तर पत्र यसरी सार्वजकि हुदा चाहि पार्टीको अन्तराष्ट्रिय बेइज्यत भयो एक सदस्यले भने ।

कतिपयले यो पत्र कनकाई नगरपालिकाको कार्यालयलाई लेखिएको भनेर समेत अर्थ लगाउने गरिएको छ । कनकाई नगरपालिकामा नगरप्रमुख र ९ वडामध्ये ७ वटा वडा नेकपा एमालेले जितेपनि उपप्रमुख र अन्य २ वडा नेपाली कांग्रेसले जितेको छ । गत संसदलिय निर्वाचनमा कनकाई नगरपालिकाबाट सबै भन्दा धेरै मत रास्वपाले ल्याएको कनकाई नगरमा यसरी सोझै आफ्नो माउपार्टी एमालेलाई कनकाई नगरपालिकाबाट आर्थिक सहयोग दिन असम्भव जस्तै भएको एक कनकाई नगरपालिकाका कार्यपालिका सदस्यले कनकाई अनलाईनलाई बताए ।

सम्बन्धित खबर