कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकां २ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एकजना कर्मचारीको आज दिउसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेका छन् । बिहिवार दिउँसो अन्दाजी ४ः३० बजे हेप्पील्याण्ड फनपार्कभित्र बिजुलीको काम गर्ने सन्तोष नेम्बाङलाई बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइते नेम्बाङलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । मृतकको शवलाई पोस्टम्याटरमा लगिएको र घटनावारेमा थप स अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


