Kanakai Online

कनकाईका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द


बुधवार, वैशाख ३, २०८२ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका क्षेत्रका सबै सामुदायिक स्कुलहरु अनिश्चित कालका लागि बन्द गरिएका छन ।


आज कनकाई नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुको प्रअहरुको आम भेलाले नेपाल शिक्षक महासंघको आन्दोलनलाई पुर्णतय समर्थन गर्ने निर्णय गर्दै कनकाईमा सबैखाले भर्ना अभियान लगायातका गतिविधिहरु बन्द गर्ने र काठमाण्डौ केन्द्रित आन्दोलनलाई तताउने निर्णय गरेको हो । नेपाल शिक्षक कनकाई नगरपालिका शिक्षक महासंघका सहअध्यक्ष हेमन्तकुमार नेपालको अध्यक्षतामा लक्ष्मीपुरमा बसेको वृहत भेलाले नेपाल शिक्षक महासंघ केन्द्रिय कार्यसमितिले गत चैत २० गतेदेखि गरेको काठमाण्डौ केन्द्रित आन्दोलनलाई सहयोग र समर्थन गर्ने निर्णय गर्दै यस आन्दोलनलाई तताउनका लागि सबै स्कुलहरु बन्द गरेर आन्दोलनमा सहभागि हुने निर्णय गरेको हो । नेपाल शिक्षक महासंघले नेपाल सरकारले पुरानो २०२८ सालको शिक्षा ऐनलाई खारेजी गर्दै नयाँ शिक्षा ऐन ल्याउनुपर्ने भन्दै देशभरका सामुदायिक शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा सहभागि हुदै आइरहेका छन ।

सम्बन्धित खबर